दमक/अष्ट्रेलियामा रहेको नेपाली टचले झापा दमक –१३ स्थायी घर भई हाल अष्ट्रेलियामा बस्दै आएका गायक राजकुमार गोश्वामीको जन्मदिनको अवसर पारेर नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
काँडाघारी ….बोलको सो गीतमा दशक अघिदेखी गायन क्षेत्रमा सक्रिय गोश्वामीको स्वरमा अर्की चर्चित गायिका आस्था राउतले साथ दिएकी छिन् । गीतको म्युजिक भिडियो अष्ट्रेलियामा आयोजित विशेष समारोहका बिच सार्वजनिक गरिएको हो । सो गीत युट्युव मार्फत पनि सार्वजनिक भएपछि तीन दिनमै २५ हजार भ्यूवर्स पुगेका छन् । सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत किरण भण्डारीको छ । गीतको म्युजिक भिडियोमा सृष्टि श्रेष्ठसँगै राम र किशोरले अभिनय गरेका छन् । भिडियोको निर्देशन भुषण दाहालले गरेका छन् । गोश्वामीले दर्शकहरुबाट आएको प्रारम्भिक प्रतिक्रियाले आफूलाई सांगितिक क्षेत्रमा थप उर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।



