विष्णुप्रसाद पोखरेल
दमक/जिल्ला समन्वय समिति झापाले केन्द्रिय सरकार समक्ष इलामको सलकपुर देखि झापा दमकको बुद्धमुर्ति निर्माण स्थल रहेका विभिन्न ३२ पपर्यटकीय स्थल जोड्दैे पर्यटकीय पद मार्गको निर्माण गर्नु पर्ने माग अघि सारेको छ ।
लामो समयको छलफल र बहसपछि समितिले यस्तो माग अघि सारेको हो । जसबाट ३२ हजार परिवार प्रत्यक्ष लाभान्वित हुने भन्दै सरकारसंग यस्तो माग गरिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताएकाछन् ।
यो पदमार्ग पुराना एवं ऐहितासिक पर्यटकीय स्थलदेखि नयाँ बनाईएका आकर्षक पर्यटकीय स्थलहरुलाइ समेत जोड्ने पोर्तेलले जनाए । चुरेको फेदीबाट यो पदमार्ग प्रस्ताव गरिएको छ ।
केहि दिन अघि जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलको नेतृत्वमा काठमण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ यस बिषयमा जानकारी गराएको र सकारत्मक जवाफ पाएको पोर्तेलले बताए ।




