डिकेश लामा
दमक/हात्तीको आक्रमणबाट बाँच्ने अवस्था सायद विरलै हुने गर्छ । तर आज त्यस्तै भएको छ एक जना भूटानी शरणार्थीसँगको घटना ।  “घाँस काटिरहेको अवस्थामा एकास्सी हात्ती अगाडि आयो । भाग्ने कि गर्ने भनेर सोच्दासोच्दै हात्तीले छेकिगयो । दाइने कोखामा दाह्राले ढ्याम्मै हानेर लडायो शुरुमा । अनि उचालेर दह्रोसँग पछायो । त्यसपछि हात्ती दक्षिण तिर गएको जस्तो मात्र थाहा छ बाँकी होस आउँदा माटोले छोपेर खाल्डो जस्तो स्थानमा रहेछु ।” घाइतेले बताउनु भयो ।

यो शव्द दृष्य हात्तीले आज अपरान्ह ३ बजे तिर भूटानी शरणार्थी शिविर क्षेत्रमा रहेको हंसे दुम्से सामुदायिक बनमा हात्ती र मान्छेबीच भएको एक प्रकारको द्वन्द्वको दृष्य हो । घाँस काटीरहेको अवस्थामा हात्तीको आक्रमणबाट आज एक जना भूटानी शरणार्थी घाईते भएका छन् ।

जंगलमा घाँस काट्न गएका भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर डी÷१ हट नम्बर ११० का ५० बर्षीय नन्नलाल तामाङ घाइते भएका हुन् । दिउँसो करिव ३ बजे तिर तामाङलाई घाँस काटिरहेको शुरुमा छेक्का मार्यो अनि जोडले शरीरको दाइने पाटमा हिर्कायो । अनि लडेको ठाऊँबाट उचालेर पछर्याे ।

सायद हात्तीले मान्छे मर्र्यो भनेर खाल्डोमा लगार माटोले छोपेर हिडेको हुनु पर्छ । तर उनको शरीरको तागत हात्तीको तागत भन्दा दरिलो भयो र बाँच्न सफल भए । हात्तीले मर्यो भनेर छाडेको भूटानी शरणार्थी तामाङ जिवित रहन सफल भए । हात्तीको आक्रमणबाट पनि बाँच्न सफल भएका तामाङ अहिले पुनर्जन्म पाएकोमा खुशी हुनु हुन्छ ।

वेलडाँगीको आम्दाको इमेरजेन्सीमा उपचार संभव नभए पछि दमकको आम्दा अस्पताल ल्याइएका तामाङसँगको कुराकानीमा आफू बाँच्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो ।  घरबाट ११ बजे हिडेका श्रीमान् ढिलो आए पछि जंगलमा खोज्न जाँदा खाल्डोमा माटोले छोपेको अवस्थामा फेला पारी उदार गरेको घाईते तामाङकी श्रीमति निर्मला तामाङले बताउनु भयो । तामाङको दाइने कोखामा दुईवटा टाँचा र पाखुराको जोर्नी फुस्किएको आम्दा अस्पताल दमकले जानकारी दिएको छ ।

गयराती दमकको हाटखोलामा हात्तीबाट बच्नका लागि भागदौड मच्चिदा एकजना गम्भिर घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah