विष्णुप्रसाद पोखरेल
दमक । जिल्ला समन्वय समिति झापाले जिल्लालाइ कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने योजनाहरु सरकार समक्ष पेस गरेको छ ।
स्थानीय तहरुसंग बृहत छलफल गरेर बहुआयमिक फाइदा लिन सकिने योजनाहरु सरकार समक्ष पेस गरिएको बताईएको छ । यसमा रतुवा माइ बृक्षारोपण आयोजनाको सुदुपयोगको बिषय जोडतोडका साथ उठाएको पाईएको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलका अनुसार केन्द्रिय सरकार समक्ष रतुवामाई बृक्षरोपण आयोजनालाई घांस र फलफुल उत्पादन केन्द्रको रुपमा विकास गर्नु पर्ने माग प्रमुख रुपमा अघि सारिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले भने, घाँस र फलफूलमा आत्म निर्भर बनाउनका लागि यसले ठुलो भूमिका खेल्छ, यस बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो दिनु भएको छ ।
कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा यो आयोजना पर्दछ । पूर्वपश्चिम राजमार्गको लखनपुरदेखि पूर्वमा शिवसतासीधाम नगरपालिकाको उत्तरी खण्डमा अवस्थित आयोजनाको कुल क्षेत्रफल २९ सय ७२ हेक्टर रहेको छ । अहिले अतिक्रमणको शिकार भइरहेको छ ।




