काठमाडौं, चैत २७

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने अन्तिम गृहकार्यअघि बढाएको छ । आइजिपीद्वय प्रकाश अर्याल र सिंहबहादुर श्रेष्ठले पर्सी (२९ चैत) मा अनिवार्य अवकाश पाउने भएपछि त्यसअघि नै दुवै संगठनमा नेतृत्व चयन गर्ने गृहकार्य सरकारले अघि बढाएको हो ।

सोही कामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नौ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सो बैठकमा आइजिपीलगायत भारत भ्रमणबारे मन्त्रीहरूलाई जानकारी गराउने बालुवाटार स्रोतको भनाइ छ । नेपाल प्रहरीमा पूर्ववर्ती शेरबहादुर देउवा सरकारले बढुवा गरेका १५ डिआइजीमध्येकै सात जना आइजिपीका दौडमा छन् ।

त्यसमध्ये पनि चार डिआइजी प्रमुख दाबेदार देखिएका छन् । डिआइजीमा बढुवा भएपछि कार्यसम्पादन मूल्यांकन भइनसकेको कारण सरकारले नेतृत्व क्षमता र आर्थिक पारदर्शिताको आधारमा चार मध्ये एक जनालाई नेपाल प्रहरीको आइजिपी बनाउनेछ ।

आइजिपीका लागि ट्रयाक रेकर्डको आधारमा सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, धिरु बस्न्यात सबैभन्दा योग्य देखिएका छन् । यस्तै मनोज नेउपाने, ठूले राई र सुरेशविक्रम शाह पनि दाबेदार छन् । संभवतः आजको मन्त्रिपरिषद्ले उनीहरूबाटै एक जनालाई आइजिपी बनाउने स्रोतले बतायो । आइजिपीका लागि डिआइजी उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह पनि दावेदारकै रूपमा रहेका छन् ।

तर, छोटो अवधिमै अवकाश पाउने भएकोले उनीहरूलाई गृह मन्त्रालयले बढुवाको सूचीमै समावेश गरेको छैन । विनाआर्थिक कारोबार पहिलोपटक प्रहरीको नेतृत्व चयन गर्ने प्रधानमन्त्री ओलीको योजनाअनुरूप प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले योग्य र सक्षम व्यक्तिलाई नेतृत्व दिन आइजिपीका लागि प्रतिस्पर्धी रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूको ट्रयाक रेकर्ड भिडाएर सुक्ष्म अध्ययनको काम सकाइसकेको छ ।

आर्थिक लेनदेनका आधारमा प्रहरीको नेतृत्व चयन गरेर सुशासन र शान्तिको अनुभूति गराउन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले आफ्नै निकटमाथिसमेत निगरानी राखेर काम थालेपछि यसपटक आइजिपी बनाउने खेलमा धेरै बिचौलियाको भूमिका सकिएको छ ।

प्रहरी संगठनको सुदृढीकरणका लागि प्रधानमन्त्री ओली निकै गम्भीर रहेको जानकारी पाएपछि गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री कार्यालयका वरिष्ठ अधिकारीहरूसमेत सही व्यक्तिलाई आइजिपी बनाउन सेवा प्रवेशदेखि हालसम्मको ट्रयाक रेकर्डको अध्ययन गरेर नाम लिस्ट तयार पारिएको बताइएको छ । सो विषयमा मन्त्रिपरिषद्मा छलफल हुने र नाम तय गरिने बताइएको छ ।

यसैगरी सरकारले सशस्त्र प्रहरीमा पनि ट्रयाक रेकर्डकै आधारमा आइजिपी बनाइने नीति लिएको छ । सशस्त्रमा एआइजीद्वय शैलेन्द्र खनाल र पुष्पराम केसी आइजिपीको दाबेदार छन् । अन्यले दाबी नै छाडे पनि सरकारले खनाल र केसीमध्ये एकलाई सशस्त्रको नेतृत्वमा स्थापित गर्नेछ ।

प्रहरी संगठनमा योग्य र सुशासन कायम गर्ने व्यक्तिलाई नेतृत्व दिने योजनामा रहेका प्रधानमन्त्री ओलीले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँगसमेत छलफल गरिसकेका छन् ।

यस्तै गृहमन्त्री थापालेसमेत प्रधानमन्त्री र पार्टी अध्यक्ष दाहालसँग छलफल गरेका छन् । छलफलको क्रममा विनाविवाद मापदण्डभित्र पर्नेलाई चयन गर्ने सहमति भइसकेको छ ।

मापदण्डमा थप अध्ययन गर्नुपर्ने अवस्थामा भने सरकारले एआइजी डा.दिनेशचन्द्र पोखरेललाई केही दिनका लागि निमित्त आइजिपी बनाएर मन्त्रिपरिषद्को अर्काे बैठकबाट आइजिपी चयन गर्ने संभावनासमेत रहेको छ ।जनताटाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah