दमक/झापाको दमक बजारमा गयराती दूइजना दाजुभाइमाथि छुरा प्रहार भएको छ । सोमबार राती ९ बजेतिर दमकस्थित देवकोटा चोकमा स्थानीय नीराजन श्रेष्ठको सुनपसलमा काम गर्ने राजन सुनुवार र ग्यालेक सुनुवारलाइ संगै काम गर्ने साथीले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बेलुका सानो काम छ भनेर घरमुनी बोलाएर अर्जुन दियाली र प्रकाश दियालीले दुइ दाजुभाइलाइ छुरा प्रहार गरेको जनाईएको छ । छुरा प्रहारबाट गम्भिर भएका दाजुभाइको बिर्तामोड स्थित बिएण्डसि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतलले जानकारी दिएकाछन् ।

छुरा प्रहार गर्नेहरुको स्थायी घर धरान रहेको र यहि काम गर्दै आएको बताइन्छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको पनि बस्नेतले जानकारी दिएकाछन् । छुरा प्रहार गर्नु पर्ने कारण भने खुलेको छैन । छुरा प्रहारमा संलग्न अर्जुन दियाली पक्राउ परेको र अर्का प्रकाश दियाली फरार रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah