सेयर गर्नुहोस

सेवाग्राहीले रामेछापका जिल्ला वन अधिकृतलाई कार्यकक्षमै थुनदिएका छन् ।

सेवाग्राहीसँग खयर जातको गोलिया काठ वाह्य जिल्लामा लैजाने अनुमति दिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा मगंलबार दिउँसो सेवाग्राहीले थुनिदिएका छन् ।

जिल्ला वन कार्यालयले व्यक्तिका कान्लाका काठहरु काट्नको लागि हिमाली कच्चा उद्योग हाँसखोसा इटहरीलाई २०६८ सालमा खयर जातको काठ काट्ने अनुमति दिएको थियो । काठ काट्ने अनुमति पाएपछि हिमाली कच्चा उद्योगका कर्मचारीहरुले जिल्लाको साविक मन्थली गाविस वडा नं १, २ र ३ त्यसैगरी साविक भटौली गाविस, भिरपानी, मझुवा, पकरवासलगायतका स्थानमा व्यक्तिहरुको कान्लाका काठ कटान गरेको थियो ।

कटान गरिएको काठहर मध्ये ४ सय ९० क्युफिट गोलिका काठ कम्पनिलाई लैजान वन कार्यालयले इजाजत दिएपछि ती काठहरु २०६८ सालमा नै लगिएको थियो । पछि वन कार्यालयले विभिन्न अखडा बनाएर काठ लैजाने अनुमति रोकेको थियो । काठ लैजान नपाएपछि कम्पनीले महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नम्बर १ का रुपनारायण गौतमलाई बाँकी रहेको काठ लैजान अनुमति दिए पनि जिल्ला वन कार्यालयले भने काठ लैजाने अनुमति अहिलेसम्म दिएको छैन ।

व्यवसायी गौतमले बाँकी रहेको काठ लैजान पटक–पटक वन कार्यालयमा धाउँदा पनि वन कार्यालयले काठ लैजान अनुमति दिन १० लाख रुपैयाँ वन अधिकृतले मागेका थिए । सुरुमा ५ लाख रुपैयाँ गौतमसँग लिएर क्षेत्रीय वन कार्यालय हेटाैंडामा कागजात मिलाउनु पर्ने भन्दै वन अधिकृत ठाकुरले व्यवसायी गौतमको सवारीसाधन १४ पटक हेटौंडा र रामेछाप ओहोरदोहोर गराएका थिए ।

पछि वन विभाग र अख्तियारको टोलीसमेत रामेछाप आउने र उनीहरुलाई पनि खानपानको व्यवस्थापन गर्नुपर्ने भन्दै उल्टै वन अधिकृतले १२ हजार मूल्य पर्ने रक्सीसमेत व्यवसायीलाई किन्न लगाएर होटलको १ लाख २५ हजार बिलसमेत तिर्न लगाएको सेवाग्राही रुपनारायण गौतमले जानकारी दिनुभयो ।

यसरी पटक–पटक काठ लैजान पूर्जी दिने भन्दै वन अधिकृत ठाकुरले १५ लाख रुपैयाँ खर्च लिएका थिए । रकम लिएर पनि अधिकृत ठाकुरले विभिन्न वाहाना बनाएर थप ५ लाख रुपैयाँ मागेपछि गौतमले जिल्ला वन कार्यालय रामेछापमा पुगेर वन अधिकृत ठाकुरलाई कार्यकक्षमा नै ढोका थुनेर बाहिरबाट ताल्चा लगाइदिएका हुन् ।

वन कार्यालयले सेवाग्राहीलाई बुझाउनु पर्ने राजश्व बुझाउन भनेपछि गौतमले १ लाख ७० हजार रुपैयाँ राजश्व समेत तिरि सक्नुभएको छ । राजश्व तिरिसके पनि वन कार्यालयले काठ लैजाने अनुमति भने अहिलेसम्म दिएको छैन । कटान गरिएको काठ साविककाे भिरपानी गाविसको सित्खा भन्ने स्थानमा १९ सय क्यूफिट काठ त्यतिकै रहेको छ ।

सेवाग्राहीसँग काठ लैजाने छुटपूर्जी दिने नाममा ५ लाख रुपैयाँ घुस वापतको रकम यसअघि नै लिइसकेका पछि वन विभाग, अख्तियार र क्षेत्रीय वन कार्यालय हेटौडाका कर्मचारीलाई खानपिनमा १ लाख २५ हजार रुपैयाँ तिर्न लगाएका वन अधिकृत ठाकुरले पछि फेरि ५ लाख रुपैयाँ रकम सेवाग्राहीसँग मागेपछि सेवाग्राहीले वन अधिकृतलाई उनकै कार्यकक्षमा ताल्चा लगाइदिएका थिए ।

सेवाग्राहीले उनको कार्यकक्षमा ताल्चा लगाइदिएपछि वन अधिकृत ठाकुर डाँको छाडेर रोएका थिए । अधिकृत रोएको आवाज कार्यकक्ष बाहिर नै सुनिएको थियो । वन अधिकृतलाई ताल्चा लगाउने समयमा सेवाग्राहीले सञ्चारकर्मीलाई समेत बोलाएका थिए । पछि जिल्ला वन अधिकृतसँग सञ्चारकर्मी जानकारी लिन खोज्दा वन अधिकृत ठाकुरले कुनै प्रतिक्रिया दिन चाहेनन् ।उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah