दमक/नेपाली काँग्रेस झापाले एक युवा नेता गुमाएको छ । नेपाली काँग्रेस झापाका सचिब लक्ष्मण खड्काको हिजो विहिबार साँझ मृत्यु भएको छ ।
खड्का नेपाली कांग्रेस को झापा छेत्र न २ क को प्रदेश सभा सदस्यका उम्मेदवार समेत भएका थिए । केहि समययता अस्वस्थ भइ उनि भारतको दिल्लिमा उपचाररत अवस्थामा रहेका थिए ।
उनको मृत्यु खबर मृत्यु सामाजिक सञ्जालबाट थाहा पाएपछि झापाका राजनीति तथा सामाजिक अगुवाहरुले जिल्लामा एक युवा नेतृत्वको दुखद निधन भएको भन्दै समवेदना प्रकट गरिरहेकाछन् ।




