नेकपा एमालेका सचिव योगेश भट्टराई अध्यक्ष केपी शर्मा ओलीले चुनाव अघि घोषणा गरे अनुसार मन्त्री बनाइएका भए यति बेला मन्त्रालयका विभिन्न काममा हुन्थे होला । मन्त्रालयको ब्रिफिङ सुन्ने, कार्ययोजना बनाउने, काम देखाउने मेलोमा उनको दैनिकी बित्थ्यो होला । यो अनुमानको कुरा भयो । तर, प्रधामन्त्री ओलीले उनलाई मन्त्री बनाएनन् ।

सबैले योगेश यो पटकको मन्त्रिमण्डलमा समावेश हुने अनुमान गरेका थिए । त्यो सम्भावना लगभग सकिएको छ । यद्यपी, योगेश जनताका प्रतिनिधि हुन्, जनताको मतबाट निर्वाचित व्यक्ति भएकोले आफ्ना मतदाताप्रति उत्तरदायी त हुनै पर्‍यो । उनी अहिले गृहजिल्ला ताप्लेजुङमा छन् । खासगरी ताप्लेजुङको पर्यटन विकासका लागि उनी लागिरहेका छन् । पर्यटन विकासका लागि अहिले काठमाडौँ–ताप्लेजुङ् पाथिभरा पदयात्रा पनि चलेको छ ।

यसैबीचमा शनिबार (भोली) नेपालीहरु नयाँ वर्ष मनाउँदैछन् । नयाँ वर्षको अघिल्लो दिन साथिभाई, आफन्त जम्मा हुने र रमाईलो गर्ने चलन पनि छ । कतिपयले वर्षभरी गरेका काममको समिक्षा गर्दै नयाँ योजना पनि बनाउँछन् । शुभकामना साटासाट पनि गर्छन् ।

सामाजिक सञ्जालमा झण्डै एकमहिना अघिदेखि शुभकामना साट्ने काम शुरु भईसकेको छ । तर, एमाले सचिव भट्टराईले भने नयाँ वर्षको अघिल्लो दिन शुक्रबार दिउँसो शुभकामना व्यक्त गरेका छन्, त्यो पनि कुखुराको भालेको फोटो हालेर । भालेको जस्तै सबैको स्वाभिन ठाडो भएको र २०७५ ले शिर अझै ठाडो हुँदै जाओस् भन्ने कामना गरेका छन् ।

‘नयाँबर्षको शुभकामना ताप्लेजुङ्बाट, नेपालको शिर तिरको ताप्लेजुङ्ग जिल्ला’ भन्दै उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको शुभकामनामा भनेका छन्, ‘ताप्लेजुङ्को शिरमा छन कन्चनजङ्गा, कुम्भकर्ण र पाथिभरा, अनि ठाडो शिर गरेको ताप्लेजुङ्को भाले, सबैको स्वाभिमान पनि ठाडो नै छ, नयाँबर्ष २०७५ ले सबैको शिर अझै ठाडो हुँदै जाओस, शुभकामना ।’ दैनिक नेपाल बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah