मेलिना रार्इको अावाजमा रहेकाे ” हरेक साझ जून बनि ” बोलको गीतमा निर्माण भएको म्युजिक भिडियो नव वर्ष २०७५ काे पुर्व सन्धामा सार्वजनिक भएको छ ।नायिका तथा गीतकार सबिनाकै शब्द रहेकाे उक्त गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ ।
सबिना सानै उमेरदेखि कला तथा सांगीतिक क्षेत्रमा एउटा छुट्टै नाम स्थापित गर्न यहि क्षेत्रमा भविष्य खोजिरहेका कैयाैं प्रतिभाहरू मध्ये उनी पनि एक हुन् । भक्तपुरमा जन्म भै भाेजपुरकाे सानोदुम्मामा हुर्कीएकी सबिना माेफसलमानै बसेर पनि पछील्लो थोरै समयमा धेरैनै चर्चाको शिखर चुम्न सफल मोडल तथा नायिका हुन ।तामाङ मनाेरञ्जनकाे दुनीया कलाकारीताकाे साथै शब्द लेखनमा पनि उत्तिकै सक्रिय रहेकी छिन,उनि एक कुसल गीतकारको रुपमा पनि आफुलाई अगाडी बढाइ रहेकि छिन।कयाैं म्युजिक भिडियो हरुमा काम गरी सकेकी तामाङकाे “खुल्ला आकाश” नामक चलचित्र चाडैंनै दर्शकमाझ फरक स्वाद लिएर अाउने बताउछिन उनि, सविना अभिनय सँग- सँगै लेखन तिर पनि समय दिन रुचाउने उनि भबिष्यमा सफल नायिका तथा गीतकार बनेर दर्शक तथा श्रोताहरूको मन जित्ने लक्ष्य रहेको बताउछिन ।
सबिनालाइ अभिनयमा साथ दिएका छन जीवन थापाले । रंगमञ्च पृष्टभूमि बनाएका जीवन उदाउदाे प्रतिभाशाली कलाकार हुन । उनिद्वारा अभिनित टेलीचलचित्र “चलनचल्ती ” चाडै टेलीभिजनमा प्रदर्शनकाे तयारीमा छ भने उनकै लेखनमा अभिनीत चलचित्र “खुल्ला आकाश” पनि प्रदर्शनकाे तयारीमा छ ।अभिनयका अलावा सुचनाकाे हक सम्वन्धी अार.टि.अाइ.इन्टरनेस्नल नेपालका केन्द्रीय अध्यक्ष रहेका छन ,मनाेरञ्जनकाे साथै सुचनाका अभियन्ता समेत रहेका छन् ।
सविना तामाङको शब्द रचनामा “ हरेक साझ जुन बनी जिन्दगीमा छाइदेउ कहिले पनि नछुटिने चोखो माया लाईदेउ ” बोलको सुन्दर शब्द रचना लाई बरिष्ट संगीतकार राम सिटाैलाले संगीत सृजना गरेका छन् भने सुमधुर स्वरकी धनी मेलिना रार्इकाे स्वरमा फडिन्द्र बान्तावाकाे संगीत संयोजन रहेकाे छ।
उक्त्त गीतको छायांकन पुर्वकाे रमणिय तथा पर्यटकिय क्षेत्र सुरूङ्गा सेल्फी डांडा तथा बिर्तामाेडमा गरिएकाे हाे,अहिले धेरैकाे मनमा बस्न सफल सेल्फीडाडा अभिभावक तथा बिद्यार्थीहरूकाे पनि गन्तब्यमा पर्ने गरेकाे छ। तिलक रिजालकाे छायांकनमा किरण खतिवडाकाे कलात्मक ड्राेन छायांकनकाे साथमा साेम मगरातीले श्रृंगार तथा सह- निर्देशनकाे भुमिका निभाएका छन भने सम्पादन तथा निर्देशन ज्ञानेन्द्र काेइरालाकाे रहेकाे छ ।
भिडियोकाे लागि तल :



