विष्णुप्रसाद पोखरेल

दमक/शुक्रबार झापाको दमकमा बिद्यार्थीहरुले यातायात ब्यवसायीको ज्यादती भएको र बिद्यार्थीहरुमाथि दूब्र्यवहार भएको भन्दै शुरु गरेको आन्दोलनले सरोकारवालाहरुको ध्यानकर्षण भएको पाइएको छ ।

बिद्यार्थीहरुलाइ यातायात मजदूहरुले दूब्र्यवहार गरेको र बिद्यार्थीहरुलाइ सार्वजनिक सवारी साधनले रोक्न नमानेको भन्दै बिद्यार्थीहरु सडकमा नै शुक्रबार दिनभर प्रदर्शन गरेका थिए ।

सो क्रममा दमक बहुमुखि क्याम्पस स्वबियू सभापति बिनोद चापागाई, सचिब रोशन भण्डारी लगायत घाइतेको अहिले पनि बिर्तामोडको बिएण्डसि अस्पतालमा उपचार भइरहेको दमक बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद दाहालले जानकारी दिए ।

दमक बहुमुखि क्याम्पसका बिद्यार्थीहरुमाथि भएको दूब्र्यवहार र सार्वजनिक सवारी साधन नरोकेपछि आन्दोलन चर्केको हो ।
यसले उग्ररुप लिन सक्ने भएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक सहितको टोली दमक आएर राजनीतिक दल लगायतका सरोकारवाला निकायहरुसंग समस्याको सामधानको उपायको बिषयमा छलफल गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घटनामा घाइते भएकाहरुको उपचार एवं क्षति पुगेको अवस्थामा क्षतिपूर्तिको जिम्मेवारी लिएकाछन् । उनले यस प्रकारका घटना हुन नदिनका लागि आग्रह गरे ।

उनले दूब्र्यवहार तथा बिद्यार्थीहरुको समस्या सामधान गर्ने प्रतिबद्धता समेत जनाए । आफूहरुले घाइतेको अवस्था समेत बुझेको जनाउदै आफूहरु घटनाको बिषयमा जानकार रहेको उनले जनाए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बिष्णुकुमार केसीले यातायातको क्षेत्रको केहि कमजोरीहरु भएको पाएको भन्दै त्यसलाइ सञ्याउनु पर्ने बताए । बिद्यार्थीहरुले उठाएका मागहरु पुरा गर्नका लागि सडक बन्द गर्नु नै बिकल्प नभएको भन्दै उनले समस्याको सामधान छलफलको माध्यमबाट खोज्न आग्रह गरे ।

उनले प्रहरीले सामान्य बल प्रयोग गर्दा बिद्यार्थीहरु घाइते भएको भन्दै दुख प्रकट पनि गरे । आयन्दा यस्तो अवस्था आउन नदिन सबै लाग्नु पर्नेमा जोड दिए । दमक नगरपालिकाका मेयर रोमनाथ ओली लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah