काठमाडौं । संयुक्त विद्यार्थी संगठनले मापदण्ड विपरित तोकिएको निजी विद्यालयहरुको शुल्क तत्काल नघटाए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अनेरास्ववियू क्रान्तिकारीलगायत संयुक्त विद्यार्थी संगठनको सोमबार काठमाडौंमा बसेको बैठकले मापदण्ड विपरित तय गरिएका निजी विद्यालयहरुको शुल्क नघटाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो । बैठकले निजी विद्यालयको शुल्क घटाउनुपर्नेलगायतका विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापन पत्र बुझाउने तयारी पनि गरेको छ ।

७२ घण्टा भित्र आफूहरुको माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरिएको नेपाली विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । बैठकले सरकारलाई निजी क्षेत्रले जथाभावी बढाएको शुल्क तत्काल घटाउन दवाव दिन बुधबार सडक बहस कार्यक्रम नै संचालन गर्ने निष्कर्ष पनि निकालेको छ ।

आफैंले बनाएको शुल्क निर्धारण निर्देशिका कार्यान्वयन नगरे सरकारविरुद्ध असहयोग अन्दोलन गर्न बाध्य हुने निष्कर्षसमेत निकालिएको नेपाल विद्यार्थी संघका अध्यक्ष महरले चेतावनी दिनु भयो । उहाँले सरकार आफैले गरेको निर्णय कार्यान्वयन गराउन लाचार देखिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

विद्यार्थी संगठनहरुले अव पनि सरकारले निजी विद्यालयहरुले मापदण्ड विपरित वृद्धि गरेको शुल्क नघटाए सरकारका सबै गतिविधिमा असहयोग गर्ने तथा सरकारी सवारी साधान समेत तोडफोड गर्ने लगायतका कार्यक्रम पनि तय गरेका छन । निजी विद्यालयहरुले जथाभावी भर्ना शुल्क लिन थालेपछि विद्यार्थी संगठनहरुले त्यसलाई नियमन गर्न सरकारलाई दवाव दिने कामलाई निरन्तरता दिएका हुन ।

सवालनेपाल टिभी / हेर्नुहोस भिडियो 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah