सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले शुक्रबार देखि साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयरको आवेदन खुला गरेको हो ।  लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सिनर्जी पावरले निष्काशन गरेको कुल २१ लाख कित्तामध्ये १९ लाख ३२ हजार कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । कम्पनीले तीन प्रतिशत अर्थात ६३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि तथा पाँच प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।

७० करोड चुक्ता पूँजी पुर्याउन कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका सम्बन्धित गाउँ बिकास समितिका जनतालाई बिक्री गरि सकेको छ । बाँकी ३० प्रतिशत सेयर देशभरका सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानी गर्न चाहने आवेदकले नक्सालमा रहेको कम्पनीको कार्यालय, नक्सालमा नै रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय र सानिमा बैंकका सबै शाखाहरुमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता अर्थात् ५००० रुपैयाँ र अधिकतम २१ हजार कित्ता अर्थात २१ लाख रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालबाट ग्रेड फोर रेटिङ प्राप्त गरेको कम्पनीको समग्र आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको छ ।

सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर निर्माण गरिरहेको छ । सिनर्जी पावर डेभलपमेण्टले वि.सं. २०६९ माघ ३ गतेदेखि यो आयोजनाको निर्माण सुरु गरेको हो ।

कम्पनीले २०६५ माघ २० गते नेपाल विद्युत् प्राधिकरणसंग विद्युत् खरीदविक्री सम्झौता गरेको थियो । गत आर्थिक वर्षमा ६ करोड ४५ लाख रुपैंया नोक्सानमा रहेको कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड रुपैयाँ नाफा कमाएर प्रतिफल दिने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah