काठमाडौं, ४ बैशाख-सरकारी कार्यालयमा सेवा लिन जाँदा कर्मचारी बिदामा भन्ने जवाफ पाउनुभएको छ ? कर्मचारी भेटिए पनि तपाईंको काम भएको छ ? अब कर्मचारीलाई यस्ता छुट र सेवाग्राहीलाई सास्ती हुनेछैन । सरकारले नयाँ मापदण्डमा दुईवटै समस्याको सम्बोधन गरेको छ ।

आजको राजधानी दैनिक लेख्छ – सेवा चुस्त बनाउन कर्मचारीलाई घरपायक सुविधा दिने गरी सरकारले नयाँ मापदण्ड बनाएको छ । त्यसका लागि कर्मचारीलाई घरपायक र रोजेको स्थानीय तहमा जाने अवसरसहितको मापदण्ड तयार भएको हो ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४’ जारी गर्दै कर्मचारीलाई रोजेको र घरपायक सुविधासहित स्थानीय तहमा खटाउन लागेको छ ।

मापदण्डअनुसार सरकारले तत्काल स्थानीय तहको संगठनको अवस्था बुझ्ने, आवश्यक पर्ने कर्मचारीका लागि दरबन्दी खुलाउने र १५ दिनभित्र घरपायक वा चाहेको ठाउँका लागि निवेदन दिन सूचना जारी गर्नेछ ।

सूचना जारी भएपछि कर्मचारीहरूले सरुवा चाहेका ५ जिल्लाका १५ वटा स्थानीय तहको नामसहित निवेदन दिनुपर्नेछ । कर्मचारीले दिएका निवेदन र माग भएका स्थानीय तहका नामका आधारमा प्राथमिकता हेरेर सकेसम्म माग गरेकै ठाउँ, त्यसमा नमिले नजिक सरुवा सरकारले स्वीकृत गर्नेछ । कर्मचारी खटाउँदा कुनै तहमा नपुगे मात्र अन्य गाउँपालिका, नगरपालिका वा जिल्ला र प्रदेशका कर्मचारीलाई खटाइने मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah