काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एकता भएपछि ओली र प्रचण्ड दुबैले समानान्तर रुपमा अध्यक्षको जिम्मेवारी निभाउने सहमति जुटिसकेको छ । छलफल डट कम बाट
सवालनेपाल टिभी
https://youtu.be/dE34VdrG9BA



