एजेन्सी- दुर्लभ वन्यजन्तु कृष्णसारको सिकार प्रकरणमा बलिउड अभिनेता सलमान खानले अदालतबाट विदेश यात्राको अनुमति पाएका छन्।

सलमानले जोधपुरको अदालतमा विदेश जानका लागि अनुमति मागेकोमा अदालतले उनलाई मे २५ देखि जुलाई १० सम्म विदेश यात्रा गर्न सक्ने अनुमति दिएको हो। उनले याचिका (निवेदन)मा नेपालसहित चार देश जाने अनुमति मागेका छन्।

विदेश यात्रा सुरु हुने दिनको भोलिपल्टै उनी नेपाल आउनेछन्। काठमाडौंको कार्यक्रम मे २६ अर्थात् जेठ १२ गते तय गरिएको छ। यसअघि मार्च १० मा हुने भनिएको कार्यक्रम सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेनमेन्टले मे ५ (बैसाख २२) का लागि सारेको थियो।

सलमानको ‘दबंग द टुर’ उनीसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल आउनेछन्।

कृष्णसारको सिकार गरेको मुद्दामा जोधपुर अदालतले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो। केही दिन जेल बसेपछि उनी जमानतमा रिहा भएका थिए। नेपाल लाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah