दीपक मनाङ्गे पक्राउ परेका छन् ।
प्रदेश नम्बर ४ का प्रदेशभासभा सदस्यसमेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।

गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा पाँच वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो ।
त्यसलगत्तै फरार भएका उनले सांसदको सपथसमेत लिएका छैनन् । प्रहरीले भने खाेजीका लागि रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्रचारसमेत गरिसकेको थियो । ईनया पत्रिका बाट साभार



