काठमाडौं, बैशाख ७
एमाले उपमहासचिव तथा पूर्वमन्त्री बिष्णु पौडेलले पार्टी एकताको बिषयलाई लिएर आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई कडा प्रश्न सोध्नुभएको छ ।
म आफैं पनि अचम्मित छु । म मेरो अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई र माओवादी अध्यक्ष कमरेड प्रचण्डलाई सोध्न चाहान्छु, एकता गर्ने हो कि होइन ? एकता गर्ने सार्वजनिक प्रतिवद्धताबाट तपाईहरु पछि हटेको हो कि होइन ?
सवै बिषय मिलिसकेपछि पनि एकताको समय टार्न लागेपछि सुरुवाती समयदेखि नै एकता प्रक्रियामा लाग्नुभएका पौडेलले दुवै अध्यक्षसँग जानकारी माग्नुभएको हो । एमाले र माओवादीबीच बैशाख ९ गते पार्टी एकता गर्ने सहमति भएको थियो । तर नेतृत्वको बिषयलाई लिएर कुरा नमिल्दा एकटा भाँडिने पो हो कि भन्ने आशंका उब्जिएको छ । यही बिषयलाई लक्षित गर्दै पौडेलले ओली र दाहालसामु जवाफ मागेका हुन ।
‘म आफैं पनि अचम्मित छु । म मेरो अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई र माओवादी अध्यक्ष कमरेड प्रचण्डलाई सोध्न चाहान्छु, एकता गर्ने हो कि होइन ? एकता गर्ने सार्वजनिक प्रतिवद्धताबाट तपाईहरु पछि हटेको हो कि होइन ? यसको जवाफ तपाईहरुले दिनुपर्छ,’ सञ्चार माध्यममा अन्तवार्ता दिँदै पौडेलले भन्नुभएको छ ।
पौडेलका अनुसार अहिले एकता नगर्नुपर्ने कुनै कारण छैन । मुख्य मुद्दामा टुंगो भइसकेको छ । सिद्धान्तमा, विचारमा वा नीतिमा कुनै समस्या छैन । संगठनात्मक सन्दर्भमा पनि मुख्य कुरा दुवैजना अध्यक्ष रहने, पालोपालो अध्यक्ष हुने सहमति भएको छ । अब एकताबाट पछि हट्नुपर्ने कारण पनि देखिन्न । तर पनि एकताको रथ एक पाइला पनि अघि बढन सकेको छैन । खासगरी माओवादी अध्यक्ष दाहालले बिभिन्न प्रश्न उठाएर लिखितम खोजिरहेको आशंका एमालेभित्र परेको छ ।
ओली र दाहाल दुवै अध्यक्ष रहने भनिए पनि ओली प्रधानमन्त्री भएकाले प्रचण्डले कार्यकारी भूमिका पाउनुपर्ने भन्ने दावीसमेत पछिल्लो समय अघि सारिएको छ । यस बिषयमा पौडेलले निकै रखो जवाफ दिनुभएको छ ।
अहिले एकता नगर्नुपर्ने कुनै कारण छैन । मुख्य मुद्दामा टुंगो भइसकेको छ । सिद्धान्तमा, विचारमा वा नीतिमा कुनै समस्या छैन । संगठनात्मक सन्दर्भमा पनि मुख्य कुरा दुवैजना अध्यक्ष रहने, पालोपालो अध्यक्ष हुने सहमति भएको छ । अब एकताबाट पछि हट्नुपर्ने कारण पनि देखिन्न
‘यो चाहिँ एउटा सहमति गर्ने, त्यसपछि अर्को शर्त अघि सार्ने तरिकाले एकता प्रक्रिया सहजरुपमा अघि बढ्न गाह्रो हुन्छ । मेरो भनाइ के हो भने, दुई अध्यक्ष समान हैसियतमा रहने, पालोपालो अध्यक्षता गर्ने भनेपछि समान हैसियत भइगो, यसमा को कार्यकारी र को सेरेमोनियल भन्ने प्रश्नै छैन,’ पौडेलले भन्नुभएको छ । जनता टाइम्स बाट



