विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक नगरपालिकाले सिमान्तकृत तथा अति बिपन्न बर्गका छात्राहरुलाइ उच्च शिक्षामा यातायातका पंहुच पुर्याउने कार्यक्रम अन्र्तगत साइकल बितरण गरेको छ । शुक्रबार ७५ जना सिमान्तकृत तथा अति बिपन्न परिवारका छात्राहरुलाइ साइकल प्रदान गरिएको हो ।

यातायातको साधन नहुदा र दैनिक बस तथा सार्वजनिक सवारी साधनमा भाडा तिर्ने रकम नहुदा छात्राहरु उच्च शिक्षा पढनबाट बञ्चित रहेको पाइएपछि नगरसभाबाट यो आर्थिक बर्षमा १ सय वटा साइकल वितरण गर्ने निर्णय भए बमोजिम अहिलेसम्म ८५ वटा साइकल बितरण भइसकेको दमक नगर उपप्रमुख गीता अधिकारीले बताउनु भयो ।

एक महिना अघि एक कार्यक्रम मार्फत १० वटा साइकल बितरण भइसकेको थियो । धिमाल, सतार लगायतका सिमान्तकृत समुदायका छात्राहरुलाइ प्रोत्साहन गर्ने उदेश्यले ल्याइएको र अति बिपन्न सबै छात्रालाइ साइकल पुर्याउने उदेश्य रहेको उपप्रमुख अधिकारीले जानकारी दिनु भएको छ ।

नगरपालिकाले सबैका लागि शिक्षा उपमेयर कार्यक्रम नै सञ्चालन गर्ने निर्णय गरिसकेको छ । अधिकारीकाले अति बिपन्न एवं बिद्यालयहरु कक्षा पुरा नभइ बिद्यालय छाड्ने बिद्यार्थीहरुलाइ लक्षित गरेर कार्यक्रमहरु तय गरिएका जानकारी गराउनु भयो ।

नगरमा एक घर एक स्नाकोत्तर भन्ने मूल नाराकासाथ यसै आर्थिक बर्षभित्र शैक्षिक जागरण कोष बनाइने र यसमा प्रारम्भमा ५ लाख रुपिया राख्ने नगरसभाले निर्णय गरिसकेको अधिकारीले बताउनु भयो ।

दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले अति बिपन्न बर्गका छात्राहरुको शिक्षामा पहँुच पुर्याउन साइकल बितरणसंगै अन्य कार्यक्रमहरु समेत अगाडि बढाइने जनाउनु भयो । नगरमा आर्थिक अभावले बिद्यालय आउन नसक्ने र पढ्न नसक्ने अवस्थाको अन्त्य गर्ने उहाँले दाबी गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah