काठमाडौँ, ८ बैशाख

शनिबार बिहान ११:५०

हेल्लो..! माधव कमरेड हो ?

हो, म माधव नेपाल बोलेको..

म केपी ओली बोलेको…

(स्वर नचिनेर एकछिन अलमल..)

हजुर, म चौतारीको माधव नेपाल बोलेको ।

ए, तपाईं पो !

हजुर !

चौतारीमा शितलै छ ? (…ठट्यौली पारामा)

हजुर सबै राम्रो छ । त्यसपछि केही व्यक्तिगत कुरा…

लौ त म व्यस्त छु है !

फोन काटियो ।

फोन गर्ने व्यक्ति थिए, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालसँग कुरा गर्नुथियो । ओलीका स्वकीय सचिवले फोन लगाइदिए । तर, परे अर्कै माधव नेपाल । एमाले सम्बद्द पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपालको मोबाइलमा घण्टी बजेको हो । नाम मिल्दाको फसादमा प्रधानमन्त्री ओली पनि परेका हुन् ।

‘माधव कमरेड हो भनेपछि मैले पनि हो भनेर जबाफ दिएँ । तर, स्वर चिनिन । उहाँले म केपी ओली बोलेको भनेपछि थाहा भइहाल्यो, फोन मलाई हैन्, पार्टीका नेता माधव नेपाललाई हो’, पत्रकार नेपालले दैनिक नेपालसँग भने, ‘त्यसपछि म आफैले चौतारीको माधव नेपाल भनेपछि उहाँ पनि हाँस्नुभयो ।’

पत्रकार नेपालले रमाइलो संयोग सुनाउँदै भने – ‘योजनाबद्द भएको भए त म पनि केही लामै कुरा गर्थें, तर आफै अलमलमा परेँ । अचानक के भन्ने-भन्ने भयो ।’ दैनिक नेपाल बाट 

सवालनेपाल टिभी 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah