जब शाक्यको परिचय दिएर बालिका स्टेजबाट तल झरिन शाक्य आफै उठेर ति बालिका तिर गएर नतमष्तक बने । अनि आफ्नो भनाइ राख्ने क्रममा उनले भने, बहिनीले मेरो बारेमा भनिरहदा मैले आँशु थाँमे ।
विष्णुप्रसाद पोखरेल
दमक/सकारत्मक सोचका अभियान्ता तथा बरिष्ठ ब्यवसायी कर्ण शाक्य शनिबार दमकमा आएर उद्यमशिलता बहसमा सहभागि भए । यसको चाँजो मिलाएको थियो दमक पब्लिक लाइब्रेरीले ।
सामाजिक अभियानका बिभिन्न रचानत्मक काम गर्दै आएको दमक पब्बिक लाइब्रेरी र यसका संस्थापक अध्यक्ष भेषराज न्यौपानेसंग प्रफुल्लित भएर कार्यक्रममा आएका चर्चित लेखक शाक्य त्यति खेर भावुक भए जतिखेर उनको जीबनि एक बालिकाले बताइन् ।
जेम्स स्कूल दमकमा ९ कक्षामा अध्यनरत सेलिया श्रेष्ठले शाक्यको जीबनिको बिषयमा बताइरहदा हलमा सन्नाटा छाएको थियो । नगरप्रमुख ओली र उपप्रमुख अधिकारी तथा लाइब्रेरी अध्यक्ष न्यौपानेको लाइनमा संगै रहेका शाक्य धेरै मलिन गम्भिर देखिए ।
लाइब्रेरीले बनाएको बाल क्लवकी सचिव रहेकी सेलियाले शाक्यको जीबनी भन्न करिब ४ मिनेट लगाएकी थिइन् । त्यो समयमा शाक्यको आँखामा टिलटिल आँशु भरिसकेको थियो ।
जब शाक्यको परिचय दिएर बालिका स्टेजबाट तल झरिन शाक्य आफै उठेर ति बालिका तिर गएर नतमष्तक बने । अनि आफ्नो भनाइ राख्ने क्रममा उनले भने, बहिनीले मेरो बारेमा भनिरहदा मैले आँशु थाँमे ।
शाक्यले उद्यमशिलताका लागि सकारत्मक सोच आवश्यक रहेको जनाए । उनले एकल प्रयासले यो सम्भव नहुने भन्दै सामुहिक भावानाको विकास यसका लागि चाहिने बताए ।
दमक एउटा सम्भवाना बोकेको क्षेत्रको रुपमा रहेको भन्दै शाक्यले सबैको सोच र प्रयासले नै विकास सम्भव भएको उल्लेख गरे । म नभने हामी भने अघि बढ्न उनले सुझाव दिए ।



