काठमाडाैँ । पाँच महिनादेखि सघन वार्तामा रहेका एमाले–माओवादी एकता प्रक्रियाको अन्तिम बिन्दुमा पुगेकाे अाजकाे नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएकाे छ ।

यस्तो छ सहमतिको तयारी

१० तहको पार्टी संरचना
दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर/नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी

५० प्रतिशत हाराहारी
केन्द्रीय कमिटीमा ५०–५०% राख्ने विषयमा अडिग माओवादी र त्यति दिनै नसक्ने एमाले दुवै लचिलो भएका छन् । ठ्याक्कै ५० नमिले पनि त्यही हाराहारीमा सहमति हुने सम्भावना छ ।

वरिष्ठ नेताको वरीयता
एमाले नेता झलनाथ खनाल, माधव नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठको वरीयताबारे विधानको मस्यौदामा केही उल्लेख छैन । एकीकृत पार्टीको केन्द्रीय कमिटीले नै उनीहरूको वरीयताबारे निर्णय गर्ने सहमति नेताहरूबीच भएको छ ।

एकीकृत पार्टीको कार्यदिशा
जनताको बहुदलीय जनवाद र २१औँ शताब्दी जनवादको सट्टा समाजवादउन्मुख नीति अंगीकार गरेर जाने विषयमा दुई दल लगभग सहमत भइसकेका छन् ।

स्थापना दिवसमा ओली र प्रचण्डले के भने ?

खुट्टा तासेर पनि एकता हुन्छ : प्रधानमन्त्री ओली
पार्टी एकताअघि सेन्टिमेन्ट पोखिन्छन् । आफ्ना कुराहरू राख्दा अर्काका कुराहरू पनि आउँछन् । आज यहाँ(सभाअघि) पनि दाँतमा किरिक्क ढुंगा लागेको हो, तर महान् उद्देश्य र लक्ष्यसहित अघि बढेको एकता यस्ता कुराबाट रोकिँदैन । प्रचण्डजीले जस्तो ‘केपीजी र म पछि हटे पनि एकता रोकिँदैन’ भन्ने सेन्टिमेन्टल कुरा म गर्दिनँ । सुपरमार्केटमा सामान किने जसरी, बाटाबाट टपक्क टिपे जसरी हामी यहाँ आइपुगेका होइनौँ । हामीले नै एकताको नेतृत्व गर्‍यौं, हामीले नगर्दा एकता हुँदैनथ्यो, अब पनि गरेरै छाड्छौं । कसैको टाउकोमा दोष थोपरेर उम्किने ठाउँ छैन । सफलतामा टुंग्याउनुबाहेक अर्को विकल्प छैन । जुत्ता मिलेन भने खुट्टा तास–तुस(तासेर) पनि मिलाउनुपर्छ, एकता त्यो बिन्दूमा पुगिसकेको छ ।

एकता मेलामा लगाएको मित जस्तो होइन
असमानता, विभेद र अपमानबीच एकता हुन्न, हुन सक्दैन । पारस्परिक सम्मान, न्याय र समझदारीका आधारमा एकता हुने हो । हाम्रो एकता मेलामा लगाएको मित जस्तो होइन, एउटै गन्तव्यमा पुग्ने बाटो पहिल्याएर नीतिगत सहमतिका साथ गर्न लागिएको एकता हो ।

विगत सम्झिदैनौं, अघि बढ्छौं
विगतमा एमालेले गल्ती गरे पनि माओवादीले गल्ती गरे पनि जसले गर्‍यो, उसैले नोक्सानी ब्यहोर्‍यो । सम्झिएर बस्दैनौं, अघि बढ्छौं । अगाडिका समस्या र चुनौति के–के छन् ? नयाँ ढंगले आन्दोलन अघि बढ्छ ।

आइन्सटाईनले माक्र्सलाई ईश्वर भन्नुभो, नपढ्नेले बुझदैनन् गुलावको फुल कहिल्यै नदेखेकाले मलाई मन पर्दैन भने जस्तै पढ्दै नपढेका कतिपयले माक्र्सवाद–लेनिनवाद मन पर्दैन भन्छन । त्यो त रसवरी कहिल्यै नखाएकाले मलाई मन पर्दै पर्दैन भने जस्तै हो । एकपटक विश्व चर्चित वैज्ञानिक अल्र्बट आइन्साटाईनलाई ईश्वर देखेका छौ ? भन्ने प्रश्न सोधियो । उहाँले जवाफ दिनुभो–छन् भन्ने विश्वास त छैन तर मैले आजसम्म देखेको ईश्वर कार्ल माक्र्स मात्र हुनुहुन्छ । उहाँले संसारलाई बुझ्ने र बदल्ने दर्शन अघि सार्नुभएको छ । माक्र्सलाई आइन्सटाईनले बुझ्नुभो । नपढेकाले कसरी बुझ्छन् ? बुझ्दै बुझ्दैनन् ।

जनताको घेराबन्दीमा छौँ : प्रचण्ड, माओवादी अध्यक्ष
अब एउटा शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउँदै देशलाई समृद्धिको नयाँ युगको यात्रातिर लग्नु छ । राष्ट्रिय अडानका कारण नेपाली जनताले भरोसा गरेका हुन् । हामीलाई कतै दायाँबायाँ गर्ने छुट छैन । चारैतिर जनताको, कम्युनिस्ट कार्यकर्ताको घेरा छ । विश्व जनमतले पनि हामीलाई घेराबन्दी गरेको छ । केपी ओली र मैले हस्ताक्षर गरेर पार्टी एकता गर्ने सहमतिसँगै चुनावमा उम्मेदवार र घोषणापत्र साझा बनायौँ । अब यी सबै जनताको सम्पती भएको छ । केपीजी र मैले अलीकति पनि दायाँ बायाँ गर्‍यौं भने जनताले छुट दिनेवाला छैनन् । कोही कम्यूनिष्टले छुट दिने स्थिति छैन । एकता हामीले हतारमा गर्ने पछि पछुताउनेगरी गर्दैनौं । एकता गरेको भोलिपल्टबाटै समस्या नओस भन्नेमा सचेत छौं ।

संगठनात्मक एकताको मोडालिटीमा सहमति भइसक्यो
वैचारिक, सांगठनिक र नीतिगत विषयमा कुरा निष्र्कषतिर गइसकेको छ । संगठनात्मक रुपमा कुन मोडल अपनाउने भन्ने विषयमा दुई अध्यक्षवीच एउटा सहमती भएको छ । त्यो सम्मानजनक ढंगले एकता गर्नुपर्छ, कसैले कसैलाई ह्यूमिलेट गर्ने अपमानित गर्ने या विभेद हुनुहुन्न भन्ने हो । एकता गर्दा समानताको सिद्धान्तलाई पनि अंगिकार गर्नुपर्ने हुन्छ । समानताका आधारमा एकता गर्नु पर्ने हुन्छ । तेस्रो, न्यायोचित ढंगले एकता गर्नु पर्ने हुन्छ ।

नभनेको दिन डयाम्पै एकता हुन्छ
हामीले वैशाख ९ गते एकता गर्ने औपचारिक निर्णय त गरेका थिएनौ । कार्यदलको सुझाव थियो । वैशाख ९ गते एकता गर्दा राम्रो हुन्छ भन्ने कुरालाई एकता संयोजन समितिले पनि स्विकार गरेकै थियो । बाहिर मिडियामा वैशाख ९ गते एकता हुन्छ भन्नेगरी गयो । मानौं हामीले निर्णय नै गर्‍या जस्तो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah