लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसमा एमाले र माओवादी केन्द्रले आइतबार राष्ट्रिय सभागृहमा संयुक्त कार्यक्रम आयोजना गरेका थिए। १२ बजे कार्यक्रम सुरु हुने भनिएको थियो, तर त्यसअघि नै भित्र हल भरिएर चौरमा पनि बाक्लो भिड थियो।

बाहिर उपस्थित कार्यकर्ताका लागि भवनका दुवैतर्फ प्रोजेक्टरको पनि व्यवस्था गरिएको थियो। अाजकाे नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।

मध्याह्न १२ः३० बजे हलमा होहल्ला
कार्यक्रम सुरु गर्न दुई अध्यक्षको प्रतीक्षा थियो। अचानक हलभित्र होहल्ला सुरु भयो। कार्यक्रममा राखिएको मुख्य ब्यानरप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरू हुटिङ गर्न थाले। नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस शीर्षक राखिएको ब्यानरमा केपी ओली र प्रचण्डको बाहेक पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर थियो।

आधा घण्टापछि वर्षमान मञ्चमा
फ्लोरमा तनाव बढिरहेका बेला माओवादी नेता वर्षमान पुन स्टेजमा उक्लिए। उत्तेजित कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘कृपया संयमित हुनुस्, अनुशासनमा बस्नुस्, तपाईँहरूका सबै जायज माग शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ।’ तर तनाव शान्त भएन।

ब्यानर निकाल्न महानगरका कर्मचारी
हलमा होहल्ला भइरहेका वेला भित्र दोस्रो तहका नेताहरूले संक्षिप्त छलफल गरेर ब्यानर निकाल्ने सहमति गरे। नेताहरूकै निर्देशनमा महानगरपालिकाका कर्मचारीले ब्यानर निकालेर उल्टो पारे।

मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई
आयोजकहरूले नयाँ ब्यानरको प्रतीक्षा गरिरहेका थिए। त्यसैले साढे दुई बजेसम्म कार्यक्रम सुरु हुन सकेको थिएन। कार्यकर्ताहरू आत्तिएर फर्किन थालेपछि अचानक बद्री पंगेनीलाई स्टेजमा बोलाइयो।

३ बजेतिर नयाँ ब्यानर आइपुग्यो
माओवादीले तयार पारेको ब्यानरमा माक्र्स, एंगेल्स, लेनिल, स्टालिन र माओको तस्बिर थियो। एमालेले तयार पारको ब्यानरसँगै नयाँ ब्यानर टाँगिएपछि माओवादी कार्यकर्ताले फेरि ताली बजाए। तर, पाँच मिनेटमै डोरी चँुडिएर खस्यो। फेरि टाँग्न १५ मिनेट लाग्यो।

अनि सुरु भयो तस्बिर विवाद
ब्यानर विवाद सकिएर कार्यक्रम सुरु हुनै लागेको थियो, एमाले नेता कृष्णगोपाल श्रेष्ठ दुईवटा तस्बिरसहित स्टेजमा उपस्थित भए। एउटा तस्बिर माक्र्सको र अर्काे लेनिनको थियो। दुवै तस्बिर ओली र प्रचण्ड बस्ने सोफाअगाडिको टी-टेबुलमुनि राखिएको थियो। यही विषयमा फेरि हुटिङ भयो।

एक मिनेट नहुँदै तस्बिर उठाएर स्टेजको अघिल्लो भागमा कुर्सीमा राखियो। तर, माक्र्सको तस्बिर सानो र लेनिनको अलि ठूलो थियो। यो विषयमा पनि हुटिङ भयो। काठको टेको लगाएर माक्र्सको तस्बिर पनि अग्लो बनाइयो। यसरी सारा बिघ्न समाप्त भएर कार्यक्रम सुरु हुँदा करिब चार बजेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah