काठमाडौं – ३३ केजी सुन तथा सनम शाक्य हत्या प्रकरणमा छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित १ नम्बर गणमा राखेको छ।
मंगलबार राती अबेर गृह मन्त्रालयकै अनुमतीमा खनाललाई नियन्त्रणमा लिई हिरासतमा राखिएको हो । उनी सोमबार मात्रै बयानका लागि मकवानपुरबाट काठमाडौं आएका थिए। सुन तस्करीका नाइके गोरे भनिने चुडामणी उप्रेतीसँग उनको सम्बन्ध देखिएको छ।
३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । आइतबारमात्र प्रहरीले पूर्वडिआईजी गोविन्द निरौलालाई पनि बयानपश्चात् नियन्त्रणमा लिएको थियो ।



