काठमाडौं । नेकपा एमालेकी समानुपातिक सांसद तथा अनेरास्ववियू अध्यक्ष नविना लामाले विवाह खर्चकाे केही रकम दुवै मिर्गौला फेल भएका एक बिरामीलाई आर्थिक सहयोग गरेकी छन्।

बिहीबार अनेरास्ववियूका पूर्वनेता प्रवीण श्रेष्ठसँग वैबाहिक सम्बन्धमा बाधिएकी लामाले दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचाररत अनेरास्ववियूका प्रेम बगालेलाई १ लाख ५१ हजार १११ रुपैया आर्थिक सहयोग गरेकी हुन् ।

२२ बर्षीय बगाले अनेरास्ववियुका पाल्पा जिल्ला अध्यक्ष हुन् । दुबै मिर्गौला फेल भएका बगालेको वीर अस्पतालमा उपचार भइरहेको छ । नविनाले दिएको चेक बिहीबारै अनेरास्ववियुका नेताहरुले बगालेलाई अस्पतालमै पुगेर हस्तान्तरण गरेका छन् ।



