काठमाडौं, बैशाख १४

साढे ३३ केजी अवैध सुन र सनम शाक्य हत्याकाण्डमा मुछिएका एसएसपीसहित तीन प्रहरी अधिकारी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले काण्डमा मुछिएर प्रक्राउ परी मुद्दासमेत चलाइएका एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो ।

आइजिपी सर्वेन्द्र खनालले चितवन पुगेर प्रहरीमा रहेर संगठन बिगार्ने किराहरूलाई नछाड्ने भनेर अभिव्यक्ति दिएको केही समयपछि नै उनीहरू निलम्बनमा परेका हुन् । प्रहरी नियमावलीअनुसार कर्तव्य ज्यान र संगठित अपराधमा अनुसन्धान सुरु भएसँगै निलम्बनमा पर्ने उल्लेख छ ।

तीनै जनाविरुद्ध विराटनगरमा मुद्दा दायरसमेत भएपछि उनीहरूलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले जानकारी दिए । प्रहरीले पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानबिन समितिले उनीहरूसँग वयान लिएपछि सुन काण्डमा संलग्न देखिएको भन्दै मुद्दा चलाउन जिल्ला अदालत विराटनगर पठाउने निर्णय गरेको थियो । घटनामा अहिलेसम्म २७ जना प्रक्राउ परिरहेका छन् भने अझै केही प्रहरी अधिकारी छानबिनको घेरामा परेका छन् ।

अदालतमा अभियुक्तको भागाभाग

सुनकाण्डमा जोडिएका तीनै अभियुक्तलाई जिल्ला अदालत मोरङले ६ दिनको म्याद थप गरेको छ । मकवानपुरमा कार्यरत एसपी खनाल, गृहमन्त्रालयको विशेष अनुसन्धान समितिले वयान लिने क्रममा फरार इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिसपी राउत र सई सञ्जेलविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको हो ।

त्यही काण्डमा प्रहरी नियन्त्रणमा परेका प्रहरी जवान सञ्जीव शाक्यलाई भने बुधबार नै अदालतमा हाजिर गराइ सोही मुद्दामा सात दिनको म्यात थप गरिएको छ । अदालतमा उपस्थित सञ्चारकर्मीका आँखा छलेर अभियुक्तहरू अदालत प्रवेश गरेका थिए । दिउँसोको साढे १ बजे अदालत आएका उनीहरू उच्च सरकारी वकिलको कार्यालय अगाडिबाट पछाडिको बाटोहुँदै न्यायाधीशको कक्षमा पुगेका थिए । त्यहाँबाट पनि उनीहरू लुकेरै उच्च सरकारी वकिल कार्यालयको च्याम्बरमा पुर्याइएको थियो ।

त्यसपछि लुकेरै दायरी फाँटमा पुगेका उनीहरू त्यहाँबाट निस्कने क्रममा पनि छिटोछिटो गाडीसम्म आएका थिए । डिएसपी राउत त दौडदै गाडीसम्म पुगे । क्याप टोपी लगाएर अदालत पुगेका एसपी खनालको अनुहार भने मलिन देखिन्थ्यो । उनी टाउको निहुराएर हिँडेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख रहेका एसपी खनाललाई ३३ किलो सुन प्रकरणको छानबिन गरिरहेको गृह मन्त्रालयको समितिले वयान लिएपछि हिरासतमा राखी अनुसन्धान गर्न मोरङ पठाएको हो । यस्तै मंगलबार वयान दिन गृहमन्त्रालय पुगेर बेपत्ता भएका डिएसपी राउत पनि बुधबार राती नै गृह मन्त्रालयको समितिको सम्पर्कमा आइ बिहीबार विहान वयान लिएर विराटनगर पु¥याइएको थियो ।

बिहीबार ३ जना प्रहरी अधिकारीको म्याद थप भएसँगै ३३ किलो सुन प्रकरण र त्योसँगै जोडिएको सनम शाक्य हत्याकाण्डमा पक्राउ परि हिरासतमा रहने अभियुक्तको संख्या २७ पुगेको छ । सुनकाण्डमा संलग्नताको आशंकामा नेपाल प्रहरीका पूर्वडीआइजी गोविन्द निरौलालाई दुई दिनअघि नै म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

२७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहे पनि घटनाका मुख्य योजनाकार ‘गोरे’ भनिने चुडामणि उप्रेती भने अझै फरार छन् । गोरेविरुद्ध डिफ्युज नोटिस जारी गर्दै उनका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा रहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah