दमक/प्रधानमन्त्री केपी शर्मा ओली झापाको दमक आउने भएपछि सुरक्षा व्यवस्था कडा बनाउन थालिएको छ । ओली आउदो बैशाख १९ गते दमकमा हुने बिभिन्न कार्यक्रममा सहभागि हुनका लागि दमक आउदैछन् ।
दमक गोल्डकपको उद्घाटन, नमूना मार्गको उद्घाटनका साथै नगरपालिका अगाडि रहेको धिमाल जातीको प्रतिमा अनावरण गर्ने कार्यक्रम तय भइसकेको उहाँको नीजि सचिवालय श्रोतले बताएको छ ।
ओली सोहि दिन आएर फर्कनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने कार्यक्रमका कारण ओली ब्यस्त रहेता पनि आफ्नो गृह नगरको कार्यक्रममा उनी आउने भएकाहुन् ।
सुरक्षा श्रोतका अनुसार दमकमा सुरक्षा बढाउन शुरु गरिसकिएको छ । ओली धेरै कार्यक्रममा सहभागि हुनेछन् । तीन देखि ४ वटा कार्यक्रम २ देखि देखि ३ घण्टा भित्रमा सम्पन्न गर्ने तयारी भएको जनाईएको छ ।



