दमक/दमक गोल्डकप फुटबल प्रतियोगीता अन्तिम तयारी पुरा भएको आयोजकले बताएको छ । शनिबार खेलमैदान दमक बहुमुखि क्याम्पसमा पत्रकार सम्मेलन गर्दै यस बिषयमा जानकारी दिइएको हो । प्रतियोगीताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निश्चित बनेको छ ।
नगरपालिका अन्तर्गतको दमक नगर खेलकुद विकास समितिको आयोजनामा आगामी बैशाख १९ गते देखि दमक गोल्डकप हुन लागेको हो । प्रतियोगीतामा एक नम्बर प्रदेशकै सर्वाधिक पुरस्कार राशी राखिएको छ । प्रतियोगीताको उपाधी बिजेताले १३ लाख ११ हजार रुपैयाँ पाउने गोल्डकप मूल संयोजक भीमराज केसीले जानकारी दिए ।
प्रतियोगीता सम्पन्न गर्न १ करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको दमक खेलकुद बिकास समितिका अध्यक्ष केन्द्र प्रसाइले बताए । दमक गोल्डकपले दमकको राष्ट्रिय पहिचान स्थापित गर्न पनि सघाउ पु¥याउने अपेक्षा गरिएको प्रसाईले बताए । गोल्डकपलाई कुनै एक क्षेत्रको मात्र नभई दमकबासीको साझा गौरवको बिषयका रुपमा लिईएको उनले बताए ।

प्रतियोगीतामा झापा ११, मनाङ् मस्र्याङ्दी, त्रिभुवन आर्मी, सशष्त्र प्रहरी, नेपाल पुलिस, थ्रीस्टार, सरस्वती क्लब, रुपन्देही ११, मदन भण्डारी स्पोर्टस एकेडेमी र आयोजका टीम सहभागी हुने प्रारम्भिक तय भएको छ ।
नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिँदै परिषदबाटै अनुमोदन गरि गोल्डकप तय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । बैशाख २८ गते फाईनल खेल हुने प्रतियोगीता दमक स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुने छ ।
प्रतियोगीता सम्पन्न गर्न बिभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । सवै क्षेत्रको सहयोग तथा समन्वयबाट खेल सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
दमक गोल्डकपका प्रचार संयोजक चन्द्र खत्रीले स्वागत मन्तब्य राखेको कार्यक्रम खेलकु्द विकास समितिका सदस्य सचिब डम्बरराज बरालले सञ्चालन गरेका थिए । नगरपालिकाका उपप्रमुख गिता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।



