तेजेन्द्र केसी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नारायणीदेखि कर्णालीसम्म र सुस्तादेखि राजापुरसम्मका भूभागले विकास तथा समृद्धिको संकेत गरेको बताए ।

प्रदेश नम्बर ५ को बिशेष बैठकलाई सम्बेधन गर्दै प्रधानमन्त्री ओलीले विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने बताए ।

लुम्बिनी आउने क्रममा प्रदेशसभामा सम्बोधन गर्ने कार्यतालिका बनाएका ओलीले आज बिहान ९ बजे प्रदेश सभामा सम्वोधन गर्ने कार्यतालिका थियो । तर, उनी १० बजेर ४० मिनेट मात्र प्रदेश सभामा सम्वोधन गर्न पुगेका थिए ।
उनले १ घण्टा ४ मिनेट ऐतिहासिक प्रदेशसभालाई सम्बोधन गरेका छन् । १ बजेर ४० मिनेटमा सम्वोधन गर्न शुरु गरेको ओलीले ११ बजेर ४४ मिनेट सम्म भाषण गरेका थिए ।

सम्बोधनका क्रममा प्रदेश नम्बर ५ को प्रशसा गर्न धेरै समय खर्च गरेका ओलीले कृषि र पर्यटनबाट यो प्रदेश समुद्ध बनाउन सकिने बताए ।

उनले प्रदेश नम्बर ५ दुनियाँ अन्धार हुँदा ज्ञानको ज्योति छर्ने बुद्ध जन्मेकोस्थल रहेकाले यस क्षेत्रलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रदेशसभालाई पहिलो पटक सम्बोधन गरेका उनले भैरहवामा निर्माणधिन विमानस्थल सम्पन्न भएपछि विकासलाई थप टेवा पुग्ने बताए ।

ओलीले संघियता हजारौं बर्षदेखिको संघर्षको परिणाम भएको पनि बताए ।

संघीयताले अधिकार, अवसर र सुरक्षा सम्मान, सामाजिक न्याय ल्याएको पनि ओलीले बताए ।
‘प्रादेशिक संरचना, प्रदेशसभा सरकार सबैलाई बधाई दिन चाहन्छु ’, उनले भने, ‘आज पहिलोपटक म यहाँहरुको यस प्रदेशसभाको सम्बोधनका लागि सांसदको सफलताका निम्ति, सभामुख महोदयको सफलताका निम्ति हार्दिक शूभकामना व्यक्त गर्दछु ।’

‘पहिला केन्द्रमा सरकारमा हुन्थ्यो, अब प्रदेशमा पनि सरकार हुन्छ । यस प्रदेशसभामा आज उपस्थित भएको छु । यो आधा दशकको उपलब्धी हो’, उनले सम्बोधनका क्रममा भने ।

आधा दशक भन्दा बढि नेपाली जनता कठिनाइपूर्ण संघर्ष पार गरेर आजको अधिकार सम्पन्न घडीमा आइपुगेको पनि ओलीले बताए ।

सेनाको हेलिकप्टरबाट आएका ओली सम्बोधनपछि लुम्बिनीमा जारी बौद्ध सम्मेलनतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah