जकल प्रियंका चोपडा हलीउड टिभी सिरिज ‘क्वांटिको’ को तेस्रो सिजनको सुटिङमा व्यस्त रहेकी छिन् । यस सिजनको सुटिङ करिब करिब पुरा हुन लागिसकेको छ । तर प्रियंका चोपडाका फ्यानहरुका लागि एउटा नराम्रो खबर आएको छ । क्वांटिकोको सुटिङका क्रममा प्रियंका घाइते भएकी छिन् ।
३५ बर्षीय प्रियंका क्वांटिकोमा एफबीआई एजेन्ट एलेक्स पेरिशको भुमिका निभाइरहेकी छिन् । प्रियंकाले आफूलाई सुटिङका क्रममा चोट लागेको कुरा एउटा ट्वीट मार्फत बताएकी छिन् । उनले भनिन्, ‘सुटिङका क्रममा मेरो घुँडामा चोट लागेको छ । सेटमा रहेका फिजीयोलोजिस्टले मेरो जाँच गरिरहेका छन् ।’
यसका अलावा प्रियंकाले सुटिङको विषयलाई लिएर एउटा रमाइलो कुरा बताएकी छिन् । उनले लेखिन्, ‘जब हामी इटालीमा थियौँ तब पुरै क्रु मेम्बर्समा म मात्र एक्ली अभिनेत्री थिए । त्यसैले मैले क्रु का साथ साथको समयमा पनि बाहिर जानुपर्ने हुन्थ्यो । हामीले कतिधेरै टस्कन वाइन पियौँ ।’
यसका साथै प्रियंकाले क्वांटिकोको सिजन मन पराइदिएकोमा आफ्ना फ्यानहरुलाई कृतज्ञता समेत व्यक्त गरिन् । हलीउड प्रोजेक्टका अलावा प्रियंका अपकमिङ बलीड फिल्म भारतमा काम गर्नेछिन् । फिल्ममा १० बर्षपछि सलमान र प्रियंका एकसाथ काम गर्दैछन् ।



