दमक/नेपालको शक्तिशाली प्रधानमन्त्री भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दमक आउने साइत जुरेसंगै दमकबासीहरु उत्साहित भएकाछन् । यहि आउदो १९ गते बुधबार प्रधानमन्त्री ओली गृह नगरमा बिभिन्न कार्यक्रहरुमा ब्यस्त रहने देखिएको छ ।
आइतवार दमक नगरपालिकाले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीका कार्यक्रमहरु सार्वजनिक गरेको छ । यस क्षेत्रका साँसद समेत रहेका ओलीका कार्यक्रमहरुलाइ नगरपालिकाले महत्वका साथ लिईएको पाईएको हो ।
नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना सहितको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाको प्रगती विवरण सहित ओलीका कार्यक्रम सार्वजनिक गरिएको हो ।
नगर उपप्रमुख एवं प्रवक्ता अधिकारीले दमक १ को खानेपानी उद्घाटन, दमक नगरपालिकामा धिमाल जातीको प्रतिमा अनावरण, दमकको नमूना मार्गको उद्घाटन र दमक गोल्डकपको उद्घाटन कार्यक्रमहरुमा ओली सहभागि हुनु हुनेछ । यि सबै कार्यक्रम नगरपालिकाका हुन् ।
नगरपालिकाका प्रमुख ओलीले यि कार्यक्रमहरुमा उल्लेख्यमात्रामा नगरबासीहरुको सहभागिताको अपेक्षा लिइएको बताए । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आए पश्चात धेरै कामहरु गरेको बताउदै यि पनि केहि महत्वपूर्ण कामहरु भएको उनको भनाइ रहेको थियो ।



