एजेन्सी -भारतको केरलमा बस्ने एमपी रामचन्द्रन अब फिल्म खेल्ने भएका छन् ।भारतिय मिडियाका अनुसार पायनूर रेलवे स्टेशनमा रेल कुरिरहेका उनको तस्बिर एकाएक भाइरल बनेपछि उनी चर्चामा आउका थिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै देखिने उनले चाँडै नै फिल्म खेल्ने र नोटबन्दीमाथि बन्न लागेको फिल्म स्टेटमेन्ट ८र११ मा उनी मोदीको भूमिकामा देखिने भएका छन् ।

फर्स्टपोष्टका अनुसार उक्त फिल्ममा रामचन्द्रनको तीन÷चार वटा सीन भएको बताइएको छ ।जसमा एउटा नोटबन्दीको घोषणाको हुनेछ । स्टेटमेन्ट ८/ ११ एक कन्नड फिल्म हो जसलाई अप्पी प्रसादले निर्देशन गरिरकेका छन् । स्मरण रहोस्, कर्नाटकमा विधानसभाको चुनाव नजिकिँदो छ ।



