गायिका प्राश्ना शाक्यकाे सुमधुर अावाजमा रहेकाे सुगम संगीतमा अाधारित “ सुस्तरी सुस्तरी ” बाेलकाे गीतकाे नयाँ म्यूजिक भिडियो सार्वजनिक भएकाे छ ।यसकाे भिडियो पनि निकै नै अाकर्षक बनेको छ ।
पछिल्लो समयमा लगातार म्यूजिक भिडियाेहरूमा अाफ्नाे अभिनय मार्फत दर्शककाे मन जित्न सफल कलाकार तथा माेडल चिरञ्जीवी अधिकारी डेब्यु निर्देशित भिडियाे मार्फत निर्देशनमा पनि जम्ने तरखरमा छन ।चिरञ्जीवीलाइ अभिनयमा साथ दिएकीछिन बिना लोप्चनले ।
सराेज चेम्जाेङको शब्द रचनामा “ सुस्तरी सुस्तरी ” बोलको सुन्दर शब्द रचना लाई संगीतकार बिक्रम राइले संगीत सृजना गरेका छन् भने सुमधुर स्वरकी धनी प्राश्ना शाक्यकाे स्वरमा रहेकाे याे गीत “सुस्मिता” एल्वममा समावेस छ।
सुस्तरी कसैले अाफ्नाे मनछाेए जस्ताे भन्दै श्रृगार वेसमा तयार गरीएकाे उक्त म्यूजिक भिडियोमा जाेन याेञ्जनकाे कलात्मक छायांकन तथा सम्पादन छ भने । कलाकार चिरञ्जीवी अधिकारी आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।
भिडियोकाे लागि तल :



