३३ किलो सुन प्रकरणमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री फरार भएका छन् । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएपछि उनी फरार भएका हुन् ।

समितिले खत्रीका चालक प्रहरी जवान बिष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी सम्पर्कविहीन भएका छन् । उनी केही दिनअघिदेखि विदामा बसेका थिए । त्यसपछि कार्यालय फर्केका छैनन् ।

प्रहरी उच्च स्रोतका अनुसार फरार खत्रीलाई खोज्नको लागि प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ । ३३ किलो सुन हराएको भन्दै सनम शाक्य हत्या काण्डमा समेत उनको संलग्नता जोडिएको पाइएपछि समितिले उनलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । खत्री यसअघि पनि सुन तस्करी मुद्दामा धरौटीमा छुटेका थिए ।

सुन तस्करी तथा शाक्य हत्या काण्डमा छानबिन समितिले हालसम्म ६ प्रहरी अधिकारीसहित २८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । दैनिक नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah