विष्णुप्रसाद पोखरेल
दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले झापा जिल्ला देशभरकै नमूना जिल्ला र उर्वर जिल्ला भएको भन्दै अब यहाँको विकास त्यसरी नै हुनु पर्ने बताएकाछन् । उनले विकास र सम्बृद्धिका लागि कुनै प्रकारको सम्झौता नगर्न भन्दै यस्तो बताएकाहुन् ।
दोश्रो पटक मूलकको प्रमुख एवं प्रधानमन्त्री भएपछि पहिलो पटक झापा आएका ओलीले यो जिल्ला हरेक दृष्टिले महत्वपूर्ण रहेको जनाए । पुराना आफ्ना बाल्यकाल समेत उनले सम्झेका थिए ।
https://www.youtube.com/watch?v=BGyo_f_EJ6w
जिल्ला समन्वय समिति झापाको पहिलो जिल्लासभा एवं बैठकमा बोल्ने क्रममा ओलीले बस्तुभाउ चराउदादेखि माछा मार्दासम्मको सम्झना सुनाएका थिए । उनले भने, पहिला यहाँ खाडिहरुमा माछा माथ्र्यौ, अहिले त खाडि मासिएर खेतमा माछा मारेको देख्ने गर्छु ।
ओलीले स्थानीय तहहरुलाइ योजनाबद्ध रुपमा विकास गर्नका लागि आग्रह गरे । उनले ध्यान दिएर विकासमा लाग्न आग्रह गर्दै वहानबाजि गरेर टार्ने छुट नभएको बताए ।
जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलको सभापतित्वमा भएको कार्यक्रममा झापाका सबै स्थानीय तहका प्रमुहरु सहभागि रहेका थिए ।
https://www.youtube.com/watch?v=BGyo_f_EJ6w



