जनकपुरः दुई दिने भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिमालपारिको जिल्ला मुस्ताङ पनि जाने भएका छन् ।

बिहारको पटनाबाट भारतीय सेनाको हेलिकोप्टरमा जनकपुर ओर्लेर जानकी मन्दिरको दर्शनपछि नागरिक अभिनन्दमा सहभागी भएपछि मोदी काठमाडौँ हुँदै मुस्ताङ पुग्ने भएका हुन् ।

भारतीय सेनाका तीनवटा हेलिकोप्टरसहित नेपाल आउन लागेका मोदीले मुस्ताङ पुगेर मुक्तिनाथको पनि दर्शन गर्ने कार्यक्रम रहेको गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार जनकपुरमा बताएका छन् ।

‘भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते जनकपुरबाट काठमाडौँ हुँदै मुस्ताङ जानु हुने कार्यक्रम छ’, गृहमन्त्री थापाले भने, ‘अघिल्ला भ्रमणहरुमा जान मोदीले जनकपुर र मुस्ताङ जान पाउनुभएको थिए । यो पटकको विशुद्ध धार्मिक भ्रमणका क्रममा मोदीले जानकी मन्दिर र मुक्तिनाको दर्शन गर्ने कार्यक्रम छ ।

हिमालपारिको जिल्ला मुस्ताङलाई सामरिक महत्वको मानिन्छ । चार नम्बर प्रदेशको चीनसँग जोडिएको लोमान्थाङ नाका यही जिल्लामा पर्छ । युरेनियमसहितका बहुमूल्य खनिजपदार्थको खानी रहेको यो जिल्लामा केही वर्षयता भारत, चीन र अमेरिकासमेतले आफ्ना गतिविधि बढाउँदै लगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah