योगेश भट्टराई, सचिव नेकपा एमाले

मैले सम्झेदेखि एमाले पार्टीमा समूहहरू थिए । यी समूहहरू समय समयमा अदल बदल भएका छन् । यसमा विभिन्न तत्वहरूले काम गरेको हुन्छ । यी समूह परिवर्तन हुनमा वैचारिक, राजनीतिक र व्यक्तिगत कुराले काम गर्छ ।

कुनै समय राम्रो सम्बन्ध भएका नेता कुनै समयमा मुख खोल्न पनि नचाहने अवस्थामा पुगेका हुन्छन् । मुख पनि नहेर्ने अवस्थामा रहेका नेताहरू एउटै गुटमा मिलेको देखिन्छन् । एउटै पार्टीमा भएपछि राजनीतिक रूपमा समूहहरू अथवा पत्रकारको भाषामा गुटहरू परिवर्तन नै हुन्छ ।

महाधिवेशन आउँदा होस् अथवा दुरगामी महत्वका घटना हुँदा पार्टीभित्र सम्बन्धहरू बदलिन्छन् । अहिले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताको प्रक्रिया चलेको छ । सरकार बलियो बनेको छ । नेपालका कम्युनिस्टहरूले इतिहासमा नै ठूलो सफलता प्राप्त गरेका छन् । यो सफलता चुनावबाट आएको हो । त्यसमा पार्टी एकताले ठूलो महत्व राख्छ ।

पार्टी एकतापछि महाधिवेशन हुने छ । यस्तो अवस्थामा नेताहरूमा गतिशीलता आउँछ । यो स्वभाविक हो । उच्च तहको नेताहरूले कतातिर उभिँदा आफ्नो ‘पोजिसन’ सुरक्षित हुन्छ भनेर सोच्नु स्वभाविक हो । हिम्मत हुने नेताहरूले आफै नेतृत्व गर्छन् । सानातिना कुरा सोच्दैनन् । आफू नै परिस्थितिको सामना गर्छन् । हिम्मत नहुने नेताहरू यस्तो अवस्थामा सम्बन्ध खोज्दै हिँड्छन् । जसको विचार स्पष्ट हँुदैन, नीति स्पष्ट हँुदैन । त्यस्ता हिम्मत नहुनेहरू सम्बन्ध खोज्दै हिँड्छन् ।

नवौं महाधिवेशनमा जुन ठाउँमा थियौं, हाम्रो पार्टीको पोजिसन जुन ठाउँमा थियो त्यही अवस्थामा यी समूह अहिले त्यही ठाउँमा छन् भन्ने मलाई लाग्दैन । माधव नेपालले नेतृत्व गरेको समूहमा पनि आउने जाने क्रम जारी छ । अर्को केपी ओलीलेले नेतृत्व गरेको समूहसँग आज पार्टी सत्ता र राज्य सत्ताको शक्ति दुवै छ । तर पनि यहाँ पनि ठूलो असन्तुष्टि छ ।
नेकपा एमाले अहिले नै तीन जना प्रधानमन्त्री भएको पार्टी हो । केपी ओली वर्तमान प्रधानमन्त्री हुन् भने झलनाथ खनाल र माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री हुन् । वामदेव गौतम पनि आफूलाई त्यही हाराहारीको नेता सम्झन्छन् । एकता भएपछि प्रचण्ड कमरेड आउनु हुन्छ । नेपालको इतिहासमा चारवटा प्रधानमन्त्री भएको पार्टी हाम्रो हुने छ ।

यहीँबाट नेपाली राजनीतिमा नयाँ तरिकाले सोच्ने कुराको सुरुवात अहिलेबाट नै सुरु भएको छ । के चारचारवटा प्रधानमन्त्री एउटै पार्टीमा बस्न सक्छन् त ? यो चासो र चर्चाको विषय बनेको छ । हिजोका हामी कम्युनिस्टहरूको इतिहास पनि सुखद् छैन । नेतृत्वको बेमल, महत्वकाङ्क्षाले विभाजनको दुखद् पीडा भोग्दै आएका छौं । एमालेको विभाजन र माओवादीभित्रको विभाजन पनि वैचारिक र नेतृत्वको कुरा अथवा पदका लागि विभाजन भए । यो कुरा नेपाली काँग्रेसमा पनि लागू भएको छ ।

गणेशमान सिंह, कृष्णप्रसाद भट्राई र गिरजाप्रसाद कोइराला समकालीन नेताहरू हुन् । यी तीन नेता एक ठाउँमा बस्न सकेनन् । किन सकेनन् भने यसमा पनि नेतृत्वको टकराव देखिन्छ । गिरजाप्रसाद कोइरालाको हातमा पार्टी र सत्ता दुवै भयो । अन्य दुई जना नेताहरूलाई त्यही पार्टी काम नलाग्ने भयो । जीवनको उत्तराद्र्धमा कृष्णप्रसाद भट्राई र गणेशमानले आफैले बनाएको पार्टी छोड्नुप¥यो । यसको कारण खोज्नु पथ्र्यो, अध्ययन हुनुपथ्र्यो गरिएन । हामी कम्युनिस्टहरूले यसबाट शिक्षा लिएर एउटै ठाउँमा बस्ने वातावरण बनाउनुपर्छ ।

चार शेर एउटै जङ्गलमा बस्न सक्छन्

कम्युनिस्टहरूमा पनि अब नयाँ अध्याय सुरु हुँदै छ । हामीले देखाउनु पनि छ । एउटै जङ्गलमा चार शेरहरू बसेर जङ्गल र आफ्नो सुरक्षा गर्न महाशेर सङ्गठन बनाउँदैछन् । यो भएपछि जङ्गल सुरक्षित हुन्छ । शेरहरू पनि सुरक्षित हुन्छन् । होइन भने कहिले काहीँ बूढो शेरलाई स्यालले पनि लखेट्छ । हात खुट्टा चल्न छोडेको शेरलाई स्याले पनि लखेट्छ । यस्तो अवस्थामा बुढो शेरलाई सारै हीनताबोध हुन्छ । त्यही हीनताबोधको छटपटीले बेचैन भएर नै शेर मर्छ । हाम्रो नेताहरूले पनि बेचैन, हिनताबोध भएर मर्नुभन्दा अर्को शेरसँग मिलेर अगाडि बढ्नुपर्छ । त्यही भएर एकता हुन आवश्यक छ ।

अब हाम्रा नेताहरूले पनि बुझ्नुपर्छ, बिलौना गाएर बस्नु, बेचैन भएर सकिनु, विकल्पविहीन भएर बस्नु भन्दा मिलेर जानुपर्छ । एउटै जङ्गलमा धेरै शेरहरू मिलेर समझदारीमा काम गर्नुपर्छ । यस्तो गर्दा सबै शेरको रक्षा हुन्छ, हित हुन्छ । यही क्रममा कुन शेर कता कता उभिन्छन् हेर्न बाँकी छ ।

नवौं महाधिवेशनका समूह भत्किसके

नवौं महाधिवेशनमा जुन ठाउँमा थियौं, हाम्रो पार्टीको पोजिसन जुन ठाउँमा थियो त्यही अवस्थामा यी समूह अहिले त्यही ठाउँमा छन् भन्ने मलाई लाग्दैन । माधव नेपालले नेतृत्व गरेको समूहमा पनि आउने जाने क्रम जारी छ । अर्को केपी ओलीलेले नेतृत्व गरेको समूहसँग आज पार्टी सत्ता र राज्य सत्ताको शक्ति दुवै छ । तर पनि यहाँ पनि ठूलो असन्तुष्टि छ । यो विचार समूहले पाउनुपर्ने सबै कुरा पाएको छ । तर पनि असन्तुष्टि छ । बहिर्गमन यहाँ पनि जारी छ । यसलाई गतिको रूपमा बुझेको छु ।

माधव नेपाल र केपी ओली नवौं महाधिवेशनमा एकअर्काका विरुद्धमा उठ्दैनन् होला भन्ने लाग्दथ्यो । तर एकअर्काकाविरुद्ध उभिए । आठौं महाधिवेशनमा माधव नेपालले झलनाथ खनालाई सघाउँछन् भन्ने थियो तर त्यस्तो भएन । यस्ता कुराहरू समय परिस्थितिअनुसार अदलबदल भइरहन्छन् । यी मानिसहरू केपी ओलीलाई सहयोग गर्लान् र भन्ने हामीलाई लाग्थ्यो ? तर त्यो पनि भयो । यही भएर त भनिएको होला राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हँुदैन भनेर ।

अब माधव नेपाल, केपी ओली कहाँ उभिन्छन्, त्यसपछि हामीले धारण बनाउने हो । उहाँहरूको विचार के हो ? उहाँका विचारहरू सही लागे अर्को विचार समूह किन बनाउनु । उहाँहरूको विचार अरूलाई मन परेन भने कसैले नचाहँदा नचाहँदै पनि अर्को विचार समूह बन्छ नै । उत्पत्ति हुन्छ नै ।

पवित्र सिद्धान्तमा मात्र एकता सङ्घर्ष र रूपान्तरण हुन्छ भन्ने छैन । निजी स्वार्थमा पनि गुट परिवर्तन हुन्छ । दुई जनाको स्वार्थ मिलेपछि पनि गुट परिवर्तन हुन्छन् । यही रूपान्तरण हो । यो रूपान्तरण आम मानिसको हितमा, मुलुकको हितमा छ कि दुई जनाको हितमा मात्र छ भन्ने हुन्छ । कतिपय रूपान्तरण सानो घेरामा हुन्छन् । यसको कतै प्रभाव पर्दैन । कैयौं रूपान्तरणले नयाँ जन्माउने हो । नयाँ जन्माउँछ । हामीले नयाँ नै खोजेका हौं । केही रूपान्तरणले नयाँ नजन्माई सेलहरू मरिरहेका हुन्छन् । हामीले अहिले खोजेको रूपान्तरण हो । त्यही रूपान्तरणबाट नयाँ जन्मियोस् भन्ने हो । नयाँ जन्माउन सकियो भने पार्टीको हित हुने छ ।

यिनै परिभाषाभित्र एमालेका नेताहरूको एकता, सङ्घर्ष र रूपान्तरण खोज्नुपर्ने हुन्छ । पार्टीभित्र सधैँ लडाइँ मात्र हुँदैन । सधँै लडाइँ पनि गर्नु हँुदैन । सधैँ लडाइँ हुने भए पार्टी एक कसरी हुन्थ्यो । लडाइँ गौण र एकता प्रधान हो । त्यही भएर त एक पार्टीमा छन् । हाम्रा चारवटै नेताहरूमा कैयौं समान धारण छन् । कैयांै कुरामा एकअर्कामा विमति हुन सक्छन् । यसलाई अन्यथा लिनु हुँदैन ।

अब माधव नेपाल कसरी जान्छन्, त्यसले छिनोफानो गर्छ

आउँदा दिनमा माधव नेपाल, केपी ओलीले कसरी लिडरसिप गर्नुहुन्छ भन्ने कुरा उहाँमा अन्तर्निहित कुरा हो । झलनाथ र वामदेव नेतृत्वमा आउनु हुन्छ कि आउँनु हुँदैन त्यो उहाँहरूको कुरा हो । उहाँबारे हामीले अहिले नै धारणा बनाउन उपयुक्त हँुदैन । उहाँहरूले आफूलाई कसरी प्रस्तु गर्नुहुन्छ त्यसपछि हामीले धारण बनाउँछौ । अहिले धारणा बनाउन हतार नगरौं । कुनै पनि नेताको बारेमा धारणा बनाउनु हँुदैन ।

अब माधव नेपाल, केपी ओली कहाँ उभिन्छन्, त्यसपछि हामीले धारण बनाउने हो । उहाँहरूको विचार के हो ? उहाँका विचारहरू सही लागे अर्को विचार समूह किन बनाउनु । उहाँहरूको विचार अरूलाई मन परेन भने कसैले नचाहँदा नचाहँदै पनि अर्को विचार समूह बन्छ नै । उत्पत्ति हुन्छ नै ।

हाम्रो वामदेवसँग खासै विमति छ्रैन

हामी विश्वभरीका कम्युनिष्टहरू मूलत माक्र्सवादी हुँ । लेनिन स्वयम् माक्र्सवादी हुन् । माओ पनि माक्र्सवादी हुन् । लेनिनले साङ्गठनिक ढाँचा र साम्राज्यवादविरुद्धको क्रान्ति गर्नुभएको हो । हामीले आफ्नो तरिकाले क्रान्ति गरेका छौं । माओले आफ्नो तरिकाले क्रान्ति गरे । भियतनाममा आफ्नो तरिकाले क्रान्ति भयो । हो लेनिनले अक्टोबर क्रान्ति गरेका कारण नै साम्राज्यवादका विरुद्धको पहिलो क्रान्ति थियो । विश्वका कम्युनिस्टले उनीबाट शिक्षा पाएका छन् । नयाँ संसार अथवा नयाँ समाज स्थापना गर्न सकिन्छ भन्ने प्रेरणा पाएको हो । लेनिनको योगदानको कदर सम्मान गर्नुपर्छ, हामी गछौं । एमालेको मार्गदर्शक सिद्धान्त नै माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हो । हो, लेनिनवादबारेमा बहस हुन सक्छ तर हामी पनि माक्र्सवादी र लेनिनवादी नै हो । यसमा कोही अमुक मानिस लेनिनवादी हुन्, हामी होइनौं भन्ने होइन । यसकारण हामी कम्युनिस्ट हौं भने माक्र्सवादी हौं ।

वामदेव र हामीबीच केही भिन्नता छ भनेर मसिनो तरिकाले हेरेको छैन । हामीले केन्द्रीय समितिमा नहँुदा नै आठौं महाधिवेशनमा नेपाली समाजको विश्लेषण अगाडि सारेका थियौं । यसको नेतृत्व घनश्याम भुसालजीले गर्नुभएको थियो । यसमा देशभरीका युवाहरू थियौं । नेपाली क्रान्तिको चरित्र र नेपाली समाजको चरित्रको बारेमा भिन्न मत आठौं महाधिवेशनमा प्रस्तुत गरेका हौं । त्यो समयमा नै वामदेव कमरेडले न त त्यो प्रस्तावको समर्थन गर्नुभयो न त विरोध नै गर्नुभयो । नवांै महाधिवेशनमा आएपछि उहाँले आएर समर्थन गर्नुभयो । केपी ओली विचार समूहमा भने हामीले आठौं महाधिवेशनमा उठाएका विचारहरूको समर्थन गर्नुभएन । नवौं महाधिवेशनमा केपी ओली बिरामी भएर होला खुलेर हाम्रो विचारसँग बहस गर्न आउनु भएन तर उहाँको विचार समूहका साथीहरूभने हाम्रो विचारका विरुद्धमा बहस गर्न आउनुभयो । तर नवौं महाधिवेशनमा हामीले उठाउँदै आएको बहस अथवा विचार पारित भयो । वामदेवजीले पनि विचार हाम्रो स्वीकार्नुभयो तर प्रमुख नेतृत्वमा ओलीलाई समर्थन गर्नुभयो । महाधिवेशनमा हाम्रो विचार पास भयो तर त्यो विचारलाई नेतृत्व गर्ने अध्यक्षलाई हराइयो ।

एउटै पार्टी भएपछि एक हुन्छन् नि । माक्र्सवाद, लेनिनवाद र जबज भन्नेमा केपी ओली र माधव नेपालबीच मतभिन्नता थिएन र छैन पनि । हामीहरूबीच पनि छैन । तर पनि नेतृत्व एक ठाउँ जोडिन्छ । अझ सैद्धान्तिक र वैचारिक रूपमा जोडिए अझ राम्रो हो । नेताहरू मिल्नु स्वभाविक हो । एउटै गुटमा पनि सबै कुरा मिल्नुपर्छ भन्ने छैन । गुटभित्र पनि आलोचनात्मक चेत हुनुपर्छ । जता नेता फक्र्यो त्यतै सबै फर्कनुपर्छ भन्ने छैन । राजनीतिक गुटमा व्यक्तिगत स्वतन्त्रता हुन्छन् । यो भएन भने त्यो धार्मिक सङ्गठन बन्छ । राजनीतिमा गुट परिवर्तन हुने भनेको राजनीतिक चरित्रका कारण हो । यदि यो सम्बन्ध र गुट परिवर्तन भएन भने त धर्मिक समूह जस्तो हुन्छ । यस्ता परिवर्तन नै नहुने गुट बनाउनु पनि हुँदैन ।

सम्बन्ध वा गुटहरू राजनीति र व्यक्तिगत कारणले हुन्छन् ।

कृष्ण गिरीसँगको कुरा कानीमा आधारित
रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah