प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरी शुद्ध खानेपानीको अभाव हुन नदिने बताउनुभएको छ । दमक खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको उदघाटन गर्दै प्रधानमन्त्रीले सरकारले दमकमात्रै नभएर देशैभरीका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताउनुभयो ।
नेपाल सरकार, नगर विकास कोष र खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको ३० करोड २ लाख ४३ हजार ४ सय ८५ रुपैया“ लागतमा खानेपानी आयोजना निर्माण हुन लागेको हो ।
प्रधानमन्त्रीले दमक–रवि बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाइने जानकारी दिंदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताउनुभयो । उहा“ले १ नम्बर प्रदेशको राजधानी जहा“ भए पनि ब्यापारिक हबकोरुपमा दमकको विकास गरिने बताउनुभयो ।








