काठमाडौं,१२ पुस । दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । तर, उनी कतै लुकेका थिएनन् । साल्ट ट्रेडिङ कर्पोरेशनको पोखरा शाखामा खरिदारका रुपमा काम गर्दै आएका थिए ।
उनलाई आइतबार प्रहरीले पक्राउ गरेपछि मात्रै फरार अभियुक्त सरकारी जागिरमै रहेको खुलेको हो। कास्की प्रहरीको सहयोगमा महानरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार ३२ असार २०६३ मा उनले गुल्मी शान्तिपुर धुँवाकोटका वैकुण्ठ रानामगरको हत्या गरेका थिए । उनीसहति ६-७ जना व्यक्ति मिलेर मगरको हत्या भएको थियो ।
घटनापछि फरार भएका उनीले पोखरा गएर सरकारी जागिर खाएका थिए। साल्ट ट्रेडिङको पोखरा शाखाको जिन्सी शाखाको प्रमुखका रूपमा उनले काम गर्दै आएको प्रहरीले जनाएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah