कृष्णप्रसाद सिटौला, नेता नेपाली काँग्रेस

राप्रपासँग तालमेल कसरी भयो?
सभापति देउवाले कमल थापाको क्षेत्रमा उनलाई सघाउनुभयो। तर, कमल थापाको पार्टी अन्यत्रचाहिँ वामगठबन्धनसँग मिलेर चुनाव लड्यो। किन कमल थापालाई सघाउनुभयो? कमल थापालाई नेपाली कांग्रेसले समर्थन गर्नुपर्ने, महन्थ ठाकुरलाई समर्थन गर्नुपर्ने, उपेन्द्र यादवलाई समर्थन गर्नुपर्ने। उहाँहरुले चाहिँ हामीलाई समर्थन गर्नुनपर्ने? यस्तो रणनीति अख्तियार गरेपछि पार्टीको सफलता कसरी सम्भव छ?

प्रदेश–२ मा पार्टी त्यसैकारणले हार्‍यो। महन्थजीलाई हामीले समर्थन गर्‍यौं, जित्नुभयो। उपेन्द्र यादवलाई समर्थन गर्‍यौं, उहाँले पनि जित्नुभयो। तर, उहाँहरुले चाहिँ हामीलाई समर्थन गर्नुभएन, मधेशमा हाम्रा शीर्ष नेताहरु हार्नुभयो।

कमल थापालाई पनि समर्थन गर्नुभयो। तर कमल थापाकै पार्टीका महामन्त्री वामगठबन्धनको उम्मेदवार बनेर झापामा म विरुद्ध उठ्नुभयो। सभापतिले कमल थापालाई सम्झाउनु पर्दैनथ्यो? कमल थापालाई हामीले सघाएपछि मेरो लेवलको मान्छेलाई कमल थापाले सघाउनु पर्दैनथ्यो?

‘राजतन्त्र चाहिन्छ है’ भन्ने पार्टीको मान्छेलाई उहाँले किन बोक्नुभयो? अझैपनि दरवारप्रतिको मोह उहाँको अझै किन नटुङ्गिएको हो? कांग्रेसले राजवादीको पक्षमा भोट कसरी माग्ने हो? यी कुरा त अचम्म छन् नि त!

झापा–३ राप्रपालाई छाड्ने विषयमा तपाईंसँग सल्लाह भएको थिएन?
कहाँ सोध्नु?

राजावादीलाई कांग्रेसले चुनावमा बोक्नहुन्छ? कांग्रेसले आफ्नो मतदातालाई ‘राजावादीलाई भोट हाल है’ भन्न हुन्छ? त्यसो हो भने हामीले राजा ल्याउन खोजेका हौं भन्नुपरेन?

जसको घोषणापत्रले राजतन्त्र पुनःस्थापना गर्ने भनेको छ, त्यो घोषणा पत्र बोक्नेलाई भोट हाल भनेर भन्नु हुँदैनथ्यो। माथि सरकार बनाउँदा सांसदको भोट लिनेजस्तो कुरा होइन, जनतामा जाने कुरा। निर्वाचन नै यस्तो माध्यम हो, जसले जनतासमक्ष पार्टीले आफ्नो विचार सम्पे्रषण गर्छ। त्यो विचारका आधारमा जनतालाई गोलबन्द गर्छ। राजतन्त्रको एजेण्डा बोकेको पार्टीलाई भोट हाल भन्दा के विचार सम्प्रेषण हुन्छ? राजतन्त्र ल्याउने विचारमा भोट हाल भन्ने विचार सम्प्रेषण हुँदैन? पार्टी यस्तो रणनीतिमा फस्न हुन्छ?

मधेशी दलहरुलाई सहयोग गर्दा किन आपत्ति?
मधेशी दलहरुसँग चुनावी एकता गर्न सकिन्थ्यो। किनभने, उहाँहरु पनि गणतन्त्रवादी दल हो। उहाँहरुसँग चुनावी एकता गरेको भए हुन्थ्यो। तर किन नगरेको? आखिर सबै डिल शेरबहादुरजी आफैले गर्नुभएको थियो। तर चुनावी सहकार्य गर्न सक्नुभएन? किन एकपक्षीय रुपमा मात्र सघाउनुभयो?

राजनीतिक रहर

पराजयपछि झापा-३ मा प्रतिस्पर्धा गरेर गल्ती गरिएछ जस्तो लाग्दैन?
लाग्दैन। सांसदमा त म गृहमन्त्री हुँदापनि पहिलेपनि हारेकै थिएँ। आफै क्याविनेटमा थिएँ। २६ जना मनोनितमध्येबाट आफै निर्णय गरेर संविधान सभामा गएको भएपनि हुन्थ्यो। गिरिजाबाबुले ‘मनोनिततर्फबाट संविधान सभामा जाउ न त’ भन्नु भएको पनि हो। तर सांसद बन्नमात्र मैले राजनीति गरेको होइन।

अहिलेपनि सांसदमात्रै बन्ने रहर भए त समानुपातिक सूचीमा बसिहाल्थें। किन प्रतिस्पर्धामा जान्थें?

मेरो रहर त मुलुकलाई एउटा राजनीतिक कोर्षमा लैजाऊँ भन्ने हो। यस्तो रुचि भएन भने राजनीति गर्न सकिन्न।

राजावादी उम्मेदवारसँग हार्दै गर्दा कस्तो लाग्यो?
त्यस्तो केहीपनि लागेन। झापा–३ मा समानुपातिकतर्फको मत प्रतिसत हेर्दा दोस्रो संविधानसभाको चुनावको भन्दा धेरै प्रतिसत माथि छ। समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले दोस्रो, राप्रपा तेस्रो र माओवादी चौंथो स्थानमा छ। राप्रपाको भन्दा कांग्रेसको मत दोब्बर छ।

के देखिन्छ भने, वामगठबन्धनले कांग्रेसलाई हराउन जसलाई जसरी बोक्दा हुन्छ, त्यसरी बोकेको पाउँछु। वामगठबन्धनको रुची राजनीतिक कोर्श कसरी अघि बढाउने भन्ने होइन, कांग्रेसलाई कसरी हराउने भन्नेतर्फ गएको पाउँछु।

तपाईंसँग त्यस्तो के दुश्मनी थियो, जसका कारण झापा–२ मा ओलीजी तपाईंसँग बदला लिने योजनामा पुग्नुभयो?

त्यो त उहाँलाई नै सोध्नुपर्ला। म त कसैसँग बदलाको भावना नै नराख्ने मान्छे। कतिसम्म भने, राजा ज्ञानेन्द्रसँगपनि बदलाभाव छैन। राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट विदाई गर्न म आफै गएको हुँ। बदलाको भावना समाजमा राख्नु हुँदैन भन्ने मान्छे हुँ। राजनीतिप्रति श्रद्धा हुनुपर्छ। बैचारिक प्रष्टता हुनुपर्छ। शान्तिपूर्ण ढंगले जनताको बीचमा जानुपर्छ। जनतालाई सम्झाउनुपर्छ। राजनीतिक सम्प्रेषण जनताकै लागि गरिनुपर्छ। जनताबाट पाएको मतको प्रयोग जनताकै लागि गरिनुपर्छ।

०४८ यता आधा चुनाव जित्नुभयो। आधा चुनाव हार्नुभयो। सबैभन्दा नमज्जा लागेको हार यसैपटकको होला…
जितेको बेला खुसीले उन्माद चढेको पनि छैन। हारेको बेलामा कुनै निराशा आएको पनि छैन।

किसुनजीले पनि चुनाव हार्नुभएकै हो। इण्डियामा इन्दिरा गान्धीले पनि चुनाव हारेकी हुन्। चुनावमा हारजित कुनै ठूलो कुरा होइन। यसलाई म कुनै ठूलो घटनाको रुपमा लिन्न।

जब कुनै राजनीतिक कोर्श गलत दिशातिर जान्छ, त्यो मेरालागि ठूलो घटना हुन्छ। त्यो बेला मलाई धेरै दुख लाग्छ।

०५९ मा संसद भंग भयो, पार्टी विभाजित भयो, निर्वाचित प्रधानमन्त्री बर्खास्त भए। १९ माघको घटना भयो। यी मेरा जीवनका दुखद घटना थिए।

तर फेरि आन्दोलन भयो, देश गणतन्त्रमा पुग्यो। यी मेरा लागि सुखद घटना थिए।

हामी राजनीति गर्नेहरुले सुख र दुखलाई जनताको अधिकारसँग जोडेर हेर्नुपर्छ। हामीले राजनीति जनताका लागि गरेका हौं भने, जनताको उतारचढाव नै हाम्रो पनि उतारचढाव हो। जनताको सुखदुखसँग राजनीतिकर्मीले आफूलाई जोड्न सक्नुपर्छ। त्यसैले चुनावको हारजितले मलाई तात्विक अन्तर गर्दैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah