हैरान च्यालेन्ज अन्तर्गत प्रतिभाको खोजि गर्दै चलचित्र ‘हैरान’ टिम झापाकाे बिर्तामाेड अाइपुगेकाे छ। निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजि’ गर्न लागेको हो । नृत्य,अभिनय र गायन तीनअाेटा विधामा १२ प्रतियाेगी छनाैट भएका छन ।
अडिसनका लागि फिल्म युनिट पुर्व अाइपुगेकाे हाे । फिल्मका निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट , निर्मल शर्मा , सगार लम्साल , आरोही शर्मा अडिसनकाे पहिलाे दिन झापा अाइपुगेका हुन् । टिमले अडिसनका अलावा स्थानीय सञ्चारकर्मी र दर्शकसँग फिल्म बारे अन्तरक्रिया गर्नुका साथै निर्माण टिमले बिर्तामाेडकाे हनुमान कम्प्केस अगाडी राेड शाे समेत गरेकाे छ । २० गते झापाको विर्तामोडवाट सुरु भएकाे अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।
प्रतिभाको खोजि वैशाख २० गते झापाबाट सुरु भएकाे छ ।गायनमा ३,नृत्यमा ४ र अभिनयमा ५ गरी जम्मा १२ प्रतियाेगी छनाैट भएका छन । यसकाे फाइनल काठमाण्डौंमा हुनेछ ।तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २/२ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् । जेठ ४ मा रिलिज हुने फिल्म ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् ।
भिडियोकाे लागि तल :



