बिर्तामोड ।
पूर्वमा सेन्डिकेट नभएको बताएका यातायात व्यवसायीले सेन्डिकेटकै पक्षपोषण गर्दै शुक्रवार यातायात बन्द गराएपछि प्रहरी ७ जना यातायात ब्यवसायीलाई पक्राउ गरेको छ ।
झापाको कांकरभिट्टाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यातायात बन्द गराउने ब्यवसायीलाई तत्काल पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले बन्द गराउने यातायात ब्यवसायीलाई खोजी–खोजी पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेची बस ब्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती  , हिमाल यातायातसंघका कार्यबहाक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका निर्देशक वुद्ध तिवारी, सदस्यहरु राजकुमार पाण्डे, श्याम थापा, पूर्वी बस ब्यवसायी संघका अध्यक्ष कृशव गिरी र सगरमाथा यातायातका अध्यष खगेन्द्र उप्रेती रहेका छन् ।
पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय कांकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायीले आव्हान गरेको बन्दको समर्थन गर्दै झापाका यातायात व्यवसायीले पनि गाडी थन्क्याएका हुन् ।

विहानैबाट यातायात सेवा अवरुद्ध हुँदा गन्तव्यसम्म निस्किएका यात्रु भने अलपत्र परेका छन् । फाट्ट–फुट्ट रुपमा केही सवारी सञ्चालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । यातायात सेवा ठप्प हुँदा महत्वपूर्ण काममा हिंडेका यात्रुले भने सास्ती भोग्नुपरेको छ । बन्दको विरोध गर्ने यातायात व्यवसायीले नै बन्द गरेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।
सबैले व्यवसाय गर्न पाउनुपर्ने भन्दै उनीहरुले कुनै एक पक्षको मात्रै सेन्डिकेट र दादागिरी चलाउन नहुने विचार व्यक्त गरेका छन् । सरकारले सेन्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए पनि यातायात व्यवसायीले बन्द गर्ने अगाडि नै घोषणा गरेर यातायात ठप्प पार्दा पनि केही गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सरकारको आलोचना सुरु भए लगत्तै गृह मन्त्री थापाले कडा निर्देशन दिएका हुन् ।

पूर्वमा यातायात सञ्चालन नहुँदा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा भोजपुर लगायत देशभरको जनजीवन विहानैबाट प्रभावित भएको छ । यातायात व्यवसायीको विरुद्धमा आफूहरुले यातायात सञ्चालन गर्ने बताएका मजदुरहरुलाई समेत यातायात व्यवसायीले यातायात व्यवसायबाट नै निस्काशन गर्ने चेतावनी दिएपछि उनीहरु समेत बाध्य भएर सेन्डिकेटको पक्षमा उभिएका छन् । आम संचार बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah