काठमाडौं, २४ वैशाख–प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेखे । ८ दिनपछि गरिएको ट्वीटका केही शब्दप्रति कतिपयले आशंका व्यक्त गरेका छन् ।

‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेकाछौं । आफ्नो दूनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ,’ ओलीको ट्वीटको ब्योहोरा यस्तो छ ।

ट्वीटमा उल्लेखित ‘आफ्नो दूनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेका’ भन्ने वाक्यले कतिपयलाई सशंकित बनायो । कतिपयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित हो कि भनेर आशंका व्यक्त गरे ।

पहिलोपटक प्रधानमन्त्री बनेको बेला माओवादीको ‘मुभ’ले ओली सरकार ढलेको थियो । कांग्रेससँग सरकारमा रहेको सायमा प्रचण्डले अर्को ‘मुभ’ गरेर वामपन्थी गठबन्धन बनाए । नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका उपेन्द्र यादवसँग प्रचण्डले छलफल गरेको विषयले पनि राजनीतिक सरगर्मी निम्ताएको छ ।

नेकपा एमाले प्रचार विभागका सचिव विष्णु रिजाल भने प्रम ओलीको आशय प्रचण्डप्रति नभई कांग्रेसप्रति लक्षित रहेको बताउँछन् । ‘उहाँको भनाइको आयश कांग्रेसप्रति हो, अहिले प्रचण्डसँगको समीकरण बदलिने कुनै सम्भावना छैन,’ रिजालले लोकान्तरसँग भने ।

यसअघि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ओली सरकार ढाल्ने बताएका थिए । आइतवार संसदीय दलको बैठकमा पनि ओलीले ‘भतिजो’ले सरकार ढाल्ने सपना नदेखे हुन्छ भनेका थिए ।

अप्रिल ९ गते प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा सम्बोधन गरेपछि उनले ट्वीट गरेका थिएनन् ।

 

लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah