तेलुगु नायिका श्रीरेड्डी मल्लिडीले तेलुगु फिल्म उद्योगमा यौन उत्पीडनको बिरुद्ध आवाज उठाउँदै गत हप्ता बीच सडकमा कपडा उतारेकी थिईन् ।
‘आफ्नो लडाइँमा म बेसहारा छँु । किनकी मेरो पीडा कसैले पनि देखिरहेको छैन । जसका कारण मैले यति ठूलो कदम उठाउनु पर्यो र मैले सार्वजनिक स्थानमा कपडा उतारेँ ।’ यो भनाइ हो तेलुगु नायिका श्रीरेड्डी मल्लिडीको हो ।
तेलुगु फिल्म उद्योगमा यौन उत्पीडनको बिरुद्ध आवाज उठाउँदै गएको हप्ता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एसोसिएशनका अगाडि श्रीरेड्डीले आफ्नो कपडा उतारेकी थिइन् । श्रीरेड्डीका अनुसार आफ्नो कुरा सुनाउनका लागि र सरकारसँग आफ्नो मागका विषयमा जवाफ लिनका लागि उनीसँग यहि एउटा बाटो बाँकी थियो ।
उनी प्रश्न उठाउछिन्, ‘फिल्म दुनियाँका ब्यक्ति मलाई मेरो नाङ्गो तस्विर र भिडियो पठाउन भन्छन् भने सार्वजनिक स्थानमै कपडा किन नउतारु ।’
श्रीरेड्डीले आफ्नो करिअर एक स्थानीय टिभी च्यानलमा एक प्रस्तोताका रुपमा सुरु गरेकी थिइन् । पाँच वर्षपछि उनले फिल्ममा काम गर्न थालिन् । उनले केही तेलुगु फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेकी छिन् । र यो घटनापछि उनी अचानक चर्चाको शिखरमा आएकी छिन् । अहिलेसम्म उनले आफ्नो यौन उत्पीडनमा परेको कुनै प्रमाण पेश गरेकी छैनन् । न त प्रहरीमा कुनै उजुरी गर्न नै चाहन्छिन् ।
https://youtu.be/t3WYSaXZq80
उनको यस्तो कामबाट उनले आम सर्वसाधारणको ध्यान खिच्न तथा लोकप्रियता कमाउनका लागि यसो गरेकी त होइनन् ? के मिडियाले सस्तो लोकप्रियता पाउनका लागि उक्साएको पो हो कि ? भन्ने जस्ता प्रश्नहरु उठिरहेका छन् । तर उनले यि कुराहरु इन्कार गरेकी छिन् ।
तेलुगु फिल्म उद्योग अर्थात टलीउड हिन्दी र तमिल फिल्म उद्योगपछि ठूलो फिल्म उद्योग हो । केन्द्रीय फिल्म प्रमाण बोर्डको वार्षिक रिपोर्ट अनुसार सन् २०१५ र ०१६ मा २६९ फिल्म बनेका थिए । ‘कास्टिङ काउच’ सबैभन्दा ठूलो मुद्दा हो । तर फिल्म उद्योगका मानिसहरु यस्ता विषयमा खुलेर कुरा गर्दैनन् ।
तेलुगु फिल्म अभिनेत्री माधवी लताले सन् २०१७ मा बीबीसीलाई दिएको अन्तवार्तामा भनेकी थिईन् कि, फिल्म उद्योगमा यौन उत्पीडन अभिनेता र अभिनेत्रीहरुसँग एउटा सवालका माध्यमबाट सुरु हुने गर्दछ । त्यो सवाल रहेको छ, यदि हामीले तपाईलाई फिल्ममा भुमिका दियौँ भने बदलामा हामीलाई के मिल्छ? यस्ता घटना महिलामा मात्र नभई पुरुषहरुमा पनि हुने गरेका खबरहरु सुनिदै आइरहेका छन् ।
अब श्रीरेड्डीलाई मुभी आर्टिस्ट एसोसिएसनले प्रतिबन्ध लगाएको छ । संगठनका अध्यक्ष शिवाजी राजाले बीबीसीलाई दिएको जानकारीअनुसार उनको गलत ब्यवहारका लागि उनलाई प्रतिबन्ध लगाइएको हो । उनी प्रश्न गर्छन्, ‘उनले प्रहरीमा किन उजुरी गरिनन् र उनी यो केवल प्रचारका लागि बिना कुनै प्रमाण कुरा गरिरहेकी छिन् ।’
https://youtu.be/t3WYSaXZq80
तेलुगु फिल्म निर्माता दग्गुबत्ती सुरेश बाबुले श्रीरेड्डीले आफ्नो विरोध व्यक्त गर्नका लागि अपनाएको तरिकाले आम भारतीय महिलाको अपमान गरेको बताए ।
मूभी आर्टिस्ट एसोसियसनको सदस्यताका साथै श्रीरेड्डीले सरकारले फिल्म स्टूडियो नै बन्द गर्नुपर्ने माग गरेकी छिन् । उनको आरोप रहेको छ कि, ‘यहाँ अवैध गतिविधिहरु हुन्छन् र कथित रुपमा कतिपय बलात्कृत पनि भएका छन् ।’



