मुम्बइ। बलिउड अभिनेत्री श्रीदेवीको मृत्युको स्वतन्त्र जाँच गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा परेको निवेदन उपर आज सुनुवाइ भएको छ । निवेदनउपर सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले निवेदन नै खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतले उनको पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण स्पष्ट उल्लेख भएको भन्दै अब कुनै जाँच नहुने स्पष्ट पारेको छ ।
फिल्म निर्माता सुनील सिंहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । निवेदनमा जुन परिपस्थतिमा श्रीदेवीको मृत्यु भएको थियो त्यसलाई जाँच गर्नुपर्ने माग गरिएको छ । यसअघि दिल्ली हाइकोर्टले पनि यो निवेदन खारेज गरिसकेको छ ।
सुनील सिंहले श्रीदेवीको मृत्युको बेला आफू दुबइमा भएको भन्दै त्यहाँ होटलका कर्मचारीले मिडियालाई दिएको बयान र अन्य व्यक्तिहरुसँग गरेको कुरा फरक भएको दावी गरेका थिए । डिसी नेपाल बाट साभार



