काठमाण्डौ।
पछिल्लो समय अत्याधिक डीसलाइक पाउने सेलिब्रेटीमा पार्छिन मिना ढकाल।अब मिना ढकाल नया गीतबाट मिना ढकाल फेरी सांगीतिक बजारमा आउँन लागेकी हुन।अत्याधिक बिबादमा मुछिएकी वाउ नेपालकी होष्ट सोनीका रोकायालाई अभिनय गराउने भन्दै उनि फेरी नया गीतबाट बजारमा आउन लागेको जानकारी प्राप्त भएको छ।फेसबुक लाइभमा उनि र सोनीका बीच भएको कुराकानीमा सोनिकाको अभिनय मन परेको र रोकायालाई स्थान दिने बताएकी हुन।
सोनीका पनि आफु अभिनय गर्न तयार रहेको बताउछिन।लालीगुराँस डटकम संग कुरा गर्दै चर्चित हास्यकलाकार मनोज गजुरेलाकी पुर्व पत्नी मिना ढकालले भनिन”आफ्नो चाहनालाई न मार्ने र फेरी नया गीतबाट दर्शकलाई आफु बीच अपडेट गराउने छु,फेरी नया गीत गर्दै रहदा दर्शकको भरपुर माया पाउने छु”।केहि गीत रेकर्ड गरिसकेकी ढकाल हाल बुटिक संचालन गर्दै आएकी छिन।राजधानीको बानेश्वरमा बुटिक संचालन गरिरहेकी छिन भने संगै उनि गीत संगीतमा पनि व्यस्त रहने बताउछिन।



