विष्णुप्रसाद पोखरेल
दमक/नेपाली काँग्रेसको स्थानीय नेतृत्वले दमक नगर कार्यपालिकाले गर्दै आएका निर्णय र कामहरुमा असन्तुष्टि पोखेको छ । उसले नगरपालिको हस्तेक्षपकारी भूमिका रहेको भन्दै बिरोध समेत जनाएको छ ।

काँग्रेसको दमक नगर समिति र क्षेत्रिय समितिले असन्तुटि पोख्दै नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना सहितलाइ एकै ठाँउमा ज्ञापन पत्र बुझाएको छ ।

शिक्षा नियामवलीदेखि लिएर अहिलेसम्म बनेका कार्यबिधि, नियामवली र ऐनहरुप्रति समेत आफूहरुको असन्तुष्टि रहेको क्षेत्र नं. ५ का सभापति ढुण्डिराज भण्डारीले बताएकाछन् ।

काँग्रेसको दमक र क्षेत्रियस्तरका स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता सहित नगरपालिकाको ध्यानकर्षण गराईएको थियो । आफूहरु नगरपालिकाको सकारत्मक कामको सधै स्वागत गर्ने तर आफूहरुलाइ बेवास्ता गरिए त्यो आफूहरुका लागि मान्य नहुने नेपाली काँग्रेस दमक नगर सभापति रोशन बिष्ठले बताए ।

यस्तो छ नेपाली काँग्रेसको ज्ञापनपत्र

श्रीमान् नगरप्रमुख ज्यू ,
दमक नगर कार्यपालिका कार्यालय
दमक–झापा

विषयः ज्ञापन–पत्र सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा दमक नगरपालिकाको नगरसभाबाट विभिन्न मितिमा पारीत गरी बनाइएका नियमावली तथा कार्यविधिहरुप्रति हाम्रो पार्टी नेपाली काँग्रेस क्षेत्र तथा नगर समितिको गम्भिर ध्यानाकर्षण भएको छ । यस दमक नगरपालिकाबाट पारित भएका नियमावली तथा कार्यविधिहरु नेपालको संविधान २०७२ को मर्म तथा भावना विपरित छन् ।

नगरपालिकाबाट बनाइएका नियमावली तथा कार्यविधिमा सबै नगरवासी तथा सरोकारवालाहरुको अपनत्व हुनु पर्नेमा एक पक्षीय ढंगबाट राजनीतिक पार्टी र संघ संस्थाहरुलाई वेवास्था गर्दै बनाइएको नियमावलीप्रति नेपाली काँग्रेस क्षेत्र तथा नगरसमितिको गम्भिर आपत्ति रहेको छ । यस नगर पालिकाले बनाएको नियमावली तथा कार्यविधि प्रदेश ऐन तथा नियमावली बन्नु भन्दा अगाडि नै निर्माण गरिएकोले कानून सम्मत देखिदैन ।

त्यसैले संघले सम्बन्धित विषयमा ऐन तथा नियमावली बनाएपछि त्यसै अनुरुप प्रदेशसभाले पनि ऐन तथा नियमावली बनाई सकेपछि मात्र नगरपालिकाले सम्बन्धित विषयमा नियमावली र कार्यविधि निर्माण गरेको भए नेपालको संविधान २०७२ बमोजिमको नियमावली र कार्यविधि बनेको प्रमाणित हुने थियो । यस्ता नियमावली र कार्यविधिहरु निर्माण गर्दा राजनीतिक पार्टीहरु, नागरिक समाज र संघ संस्थाहरुको सुझावलाई ध्यान दिनु लोकतान्त्रिक विधि ठहरिन्छ ।

त्यसर्थ वर्तमान अवस्थामा दमक नगरपालिकाले बनाएको नियमावली र कार्यविधि यथाशिघ्र खारेज गरी संघ र प्रदेशसभाले ऐन र नियमावली बनाई सकेपछि मात्र नगरपालिकाको तर्फबाट नियमावली र कार्यविधि बनाउन साथै नगरपालिकाको तर्फबाट नियमावली र कार्यविधि निर्माण गर्दा अनिवार्य रुपमा राजनीतिक पार्टी, नागरिक समाज र संघ संस्थाहरुको राय सुझाव लिनको लागि जोडदार माग गर्दछौं ।

ज्ञापन पत्रमा प्रस्तुत गरिएका विषयहरुः
१. शिक्षा नियमावली सम्बन्धमाः
दमक नगरपालिकाबाट प्रकाशित नियमावली केवल शब्दजालले भरिएको मात्र देखिन्छ । नगर शिक्षा समिति, विद्यालय व्यवस्थापन समितिको गठन र प्रधानाध्यापक सम्बन्धी व्यवस्था स्रोतव्यक्ति व्यवस्था लगायत विभिन्न परिच्छेदमा उल्लेख गरिएका विषयहरु अलोकतान्त्रिक तौर तरिकाबाट प्रकाशन गरेको देखिँदा स्वीकार गर्न सक्ने देखिदैन । तसर्थ स्थानीय नियमावली सम्बन्धमा सर्वोच्च अदालतले मिति २०७५।१।२० गते शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ कायमै रहेको अवस्था विद्यमान रहेकोले सो ऐन बमोजिम नियम बनाउने अधिकार नेपाल सरकारलाई भएकोले साविक व्यवस्था बमोजिम विद्यालय संचालन गर्न अवरोध नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरीसकेको सन्दर्भमा संघीय तथा प्रदेश शिक्षा ऐन र नियमावली समेत आइ नसकेकोले हस्तक्षेपकारी भूमिका निर्वाह नगरी दमक नगरपालिका शिक्षा नियमावली २०७४ यथाशिघ्र खारेज गर्न माग गर्दछौं ।

२. खानेपानी तथा सरसफाई सम्बन्धमाः
खानेपानी तथा सरसफाई कार्यालय दमकमा उपभोक्ताहरुले महशुल तिर्दै आउनु भएको छ र सो कार्यालय संचालन विकास र व्यवस्थापनमा उपभोक्ताहरुको सर्वोपरी भूमिका रही आएको र रहीरहनु पर्छ भन्ने नेपाली काँग्रेसको प्रष्ट धारणा छ । सोही मर्म अनुसार हिजो झै उपभोक्ता समिति गठन प्रक्रिया प्रजातान्त्रिक विधिबाट गर्ने गराउने कुरामा दमक नगरपालिकाको ध्यानकर्षण गराउन चाहान्छौं । स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा (ध) १ मा व्यवस्था गरे बमोजिम मात्र नगरपालिकाको कार्य क्षेत्र रहेको हुँदा उक्त नियमलाई उल्लंघन गर्ने गरी हस्तछेपाकारी भूमिका निर्वाह नगर्न सचेत गराउँछौं ।

३. कृषि सम्बन्धमाः
स्थानीय सरकार संचालन ऐन २०७४ लागु भई स्थानीय सरकार अधिकार सम्पन्न भइसक्दा पनि यस नगरीमा कृषिमा आधारित जनतालाई लाभ हुने कुनै पनि योजना संचालन गर्न नसकेको ठहर गर्दै तत्काल कृषकहरुको हक, हितका लागि किटनाषक औषधि, उन्नत जातका विउ विजन उपलब्ध गराई वडा वडामा कृषि सम्बन्धी व्यावसायिक तालिम संचालन गरी खेतीयोग्य जमिनलाई बढीभन्दा बढी उपयोगी बनाउँदै असल कृषकलाई पुरस्कृत गर्ने व्यवस्था समेत गर्न माग गरिन्छ । साथै दमक नगरपालिकाको क्षेत्रभित्र तत्काल एक भरपर्दो र अत्याधुनिक पशु स्वास्थ्य अस्पताल (भेटनरी) स्थापना गरी प्रत्येक वडामा नियमित रुपमा पशु स्वास्थ्य शिविरको कार्यक्रम संचालन गरियोस् ।

४. खेलकुद सम्बन्धमाः
स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई सफलिभूत गराउनका लागि कुनै पनि राजनैतिक आस्थाको आधारमा नभई सबै वर्ग र समुदायका खेलप्रेमी युवा–युवतीहरुलाई अपनत्व हुने गरी ठोस कार्य योजना बनाई समग्र खेल जगतको विकासमा ध्यान जानु आवश्यक ठानी सोही अनुसार गर्न गराउन ध्यानाकर्षण गराउँदछौं ।

५. स्वास्थय सम्बन्धमाः
स्वास्थ्य क्षेत्रमा भइरहेको चरम लापरवाहीको नियन्त्रण औषधि वेचविखनमा सहजता र एकरुपता स्वास्थ्यमा सबै वर्गको पहुँच पुगोस भन्ने नेपाली काँग्रेसको धाराणा हो तर दमक नगरपालिका यस विषयमा मौन रहेको हुँदा सम्पूर्ण नगरवासीलाई सानो–सानो उपचार गराउन धरान, विराटनगर र विर्तामोड जानुपर्ने वाध्यताबाट उन्मुक्ति दिनका लागि दमक अस्पताललाई सिघ्रातिशिघ्र स्तर वृद्धि गरी दुर्लभ उपचार वाहेकका सम्पूर्ण उपचार गर्ने व्यवस्था मिलाउन ध्यानकर्षण गराउँदछौं ।

६. विकास निर्माण सम्बन्धमाः
हाल दमक नगरपालिबाट योजना छनौट, संचालन र उपभोक्ता समिति निर्माणमा आग्रह पूर्वाग्रह राखी एकलौटी ढंगबाट मनोमानी तरिकाले कार्य संचालन गरिरहेकोमा हाम्रो गम्भिर आपत्ति छ । योजना छनौट, उपभोक्ता समिति निर्माण र योजना छनौटमा वार्ड स्तरीयमा टोल विकास संस्थाको प्रस्ताव हुनुपर्ने र अल्पकालीन दीर्घकालीन योजनामा विपक्षी दल सरोकारवाला पक्षहरुलाई समेत नराखी गरिएको हुँदा उपभोक्ता समिति गठन र योजना तर्जुमा जस्ता महत्वपूर्ण जनसरोकारका विषयमा आम नगरवासीको अपनत्व हुने गरी कार्यविधि अनुसार विकास निर्माणको कार्य संचालन होस् भन्ने नेपाली काँग्रेसको धारणा रहेको प्रष्ट पार्न चाहान्छौं ।

७. वडा कार्यालयको स्थापना सम्बन्धमाः
नेपालको संविधान २०७२ ले केन्द्रिकृत अधिकारलाई प्रदेश, नगर, गाउँ हुँदै वडा स्तरसम्म पु¥याएकोमा दमक नगरपालिकाको असक्षमताका कारण निर्वाचन भएको १ वर्ष वितिसक्दा पनि केही वडा बाहेक अन्य वडामा वडा कार्यालय स्थापना गर्न नसकी रहेको र कार्यालय स्थापना भएका वडामा पनि वडा समितिबाट गनुपर्ने जनताको कार्य पूर्ण रुपमा हुन नसकी नाममात्रको वडा कार्यालय रहेको र अन्य वडाहरुको मेला बजारमा कुनै सामाग्रीको इस्टल राखेजस्तो गरी एउटै हलमा लज्जास्पद तरिकाबाट कार्यालय राखिएको हुँदा तत्काल पूर्ण रुपले संक्षम वडा समितिको कार्यालय सबै वडाहरुमा स्थापना गरी कार्यसंचालन गर्न माग गरिन्छ ।

८. रोजगार सम्बन्धमाः
शैक्षिक वेरोजगार युवाहरु तथ्याड्ढ लिई यथाशिघ्र निःशुल्क प्राविधिक तालिमको व्यवस्था गरी तालिम प्राप्त युवाहरुलाई नगरभित्रै रोजगारको व्यवस्था मिलाउँदै वैदेशिक रोजगारमा जानका लागि न्यूनिकरण गर्ने ।

९. तालिम सम्बन्धमाः
अर्धदक्ष सबैवर्गका नगरवासीलाई निःशुल्क सिप विकास व्यावसायिक तालिमको अवसर सृजना गरी निजहरुलाई दक्ष गराउँदै व्यावसायिक अनुदान उपलब्ध गराई अर्धदक्ष वेरोजगारीको अन्त्य गरियोस् भनी माग गर्दछौं ।
अन्त्यमा हाम्रो पार्टीले अझ सांकेतिक रुपमा दमकको विकास निर्माणमा व्यापक जनसहगिता जुटाउँदै लोकतान्त्रिक रुपमा कार्यपालिका संचालनार्थ यो ज्ञापन पत्र बुझाएका छौं । हामीले उठान गरेका जनसरोकारका विविध विषयमा दमक नगरपालिकाको ध्यानाकर्षण नभई वेवास्ता गरिएमा जनहितका खातिर नगरपालिका विरुद्ध कठोरभन्दा कठोर कदम चाल्नलाई वाध्य नपारियोस् । धन्यवाद ।
जय नेपाल

रोशन विष्ट
सभापति

प्रकाश प्रसाई
सचिव

सागर खनाल
सचिव
दमक नगर समिति, झापा

ढुण्डीराज भण्डारी
सभापति

चुडेन्द्र खड्का
सचिव

धर्म भट्टराई
सचिव
क्षेत्र नं. ५, झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah