रौतहट । वन पैदवार ओसार पसारको आरोपमा प्रदेश २ स्थित रौतहटका एक प्रदेशसभा सदस्यलाई १ बर्ष जेल सजाए भएको खुलासा भएको छ । तत्कालीन पुनराबेदन अदालत हेटौडाको फैसला अनुसार प्रदेससभा सदस्य कुन्दन कुशवाहलाई जेल सजाय सनाईएको हो । जिल्ला अदालत गौरले सदस्य कुशवाहको नाममा जिल्ला प्रहरीमा दण्ड जरिवाना सम्बन्धमा जानकारी सहित पत्र पठाएको छ । कुशवाह माओबादी केन्द्रबाट रौतहटको क्षेत्रनम्बर ३ (ख) को प्रदेशसभा सदस्यमा बिजयी भएका थिए । वन कसुरको मुद्धा सर्बोच्च अदालतमा बिचाराधिनकै अवस्थामा अदालतले दण्ड जरिवाना सम्बन्धि पत्र पठाईएको हो ।

अदालका तसलिदार मनोज बरालले जिल्ला प्रहरीलाई सदस्य कुशवाहलाई एक बर्ष कैद सजाय भएको जानकारी सहित दण्ड जरिवानाको सम्बन्धमा पत्र पठाएको बताए । ‘अदालतको पक्राउ पूर्जि भन्न मिलेन,’ उनले भने,‘जिल्ला प्रहरीले चाहेको बखतमा पक्रन सक्छ । तर सर्बोच्चमा अपिल भएको छ भने पक्राउ गर्न मिल्दैन ।’ जिल्ला अदालतको चलानी नम्बर ८६२६ अनुसार बैसाख १९ गते प्रहरीमा दण्ड जरिवाना सम्बन्धमा जानकारी पत्र पठाईएको हो । प्रहरी उपरिक्षक रविन्द्र केशीले अदालतको पत्र प्राप्त भएको बताए । ‘अदालतले पक्राउ गर्नु भनेर स्पष्ट गरेको छैन,’उनले भने,‘यस सम्बन्धमा के गर्ने भन्ने कानुनी परामर्स लिन्छु ।’ प्रहरी कार्यालयका एक सुरक्षा अधिकारीले अदालतको दण्ड जरिवाना सम्बन्धि पत्रले सदस्य कुशवाहलाई पक्राउ गर्न सकिने दावि गरे । बिना ईजाजत वन पैदवार ओसार पसारमा संलग्न रहेको भन्दै पुनरादेदन अदालत हेटौडाले २०७२ साउन २५ गते सदस्य कुशवाहलाई १ बर्ष जेल सजाय सुनाईएको हो ।

बाराको साविक पिपरा सिमरा स्थित पथलैया चोकमा बिभिन्न सबारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान जिल्लाको कटहरिया बजारबाट कास्किको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा अनुमति बिनाको सालको चिरान काठ २ सय ६५ थानको ४ सय ६९ क्यूफिट र ८ क्विन्टल स्ट्रिप बरामद भएको थियो । ट्रक चालक ईन्द्रबहकादुर मानन्धरले ३ सय ५० बोरा चामल रहेको प्रहरीलाई बताएर उम्कन खोजेका थिए । त्रिपालले छोपेको ट्रकका बारे प्रहरीले शंकाको घेरामा राखेर चेकजाँच गर्दा सालको चिरान काठ बरामद गरेको हो । उक्त काठ कटहरिया स्थित न्यूएभरेष्ट समिलका काठधनी कुन्दनप्रसाद कुशवाहको रहेको चालक मानन्धरको बयानमा उल्लेख छ । उनले अबैध काठका बारेमा कुनै जानकारी नभएकाले लोड गरेको बताएका छन । ट्रकमा लोड गरिएको सालको काठ जिल्ला वनबाट लिलाम हुदा ठेकेदारले सकार गरेको र चिरान आदेश प्रमाणित, नाप जाँच गरी रायसाथ पेश गर्न सम्बन्धिन रेन्जपोष्टका तत्कालीन रेन्जर अशोककुमार जैसवाललाई खटाईएको उल्लेख छ । वनको ईजाजत पत्र अनुसार २०६९ भदौ २९ गते रेन्जर जैसवाललाई काठ सिलबन्दिका लागी बुझाईएको थियो ।

रेन्जरकै रोहवरमा सिलबन्दि भएकाले काठ बैध अबैध भन्ने जैसवाललाई नै थाहा भएको तत्कालीन सहायक वन अधिकृत बिन्देश्वरराय यादवले अदालत समक्ष बकपत्र गरिदिएका छन । वनले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्दा ट्रकधनी रौतहटका बिन्देश्वर साह, चालक मानन्धर काठ धनी कुशवाहले बिना ईजाजत काठ ओसार पसार गरेको देखीदा निज प्रतिबादीहरुलाई वन ऐन २०४९ को तफ ४९९घ० को कसुर सही ऐनको दफा ५०९१०९घ०९४० बमोजिम सजाय गरि ट्रक समेत जफत गरि पाउँ भनि माग दावि गरी मिसिल जिल्ला अदालत बारामा बुझाईएको थियो । जिल्ला अदालतले २०७१ असार २२ गते चालक मानन्धरलाई दोषि ठहर गर्दै ट्रकधनी साह र काठ धनी कुशवाहलाई सफाई दिईको थियो ।

उक्त फैसलाको पुनराबेदन अदालत हेटौडामा अपिल हुदा चालक एउटैले धेरै परिणामको वनपैदवार ओसार पसार गर्न नसक्ने ठकर गर्दै जिल्ला अदालत बाराको फैसला उल्टाई सांसद कुशवाहलाई समेत एक बर्षको सजाय सुनाईएको हो । सदस्य कुशवाहले पुनराबेदनको फैसला उपर ७० दिनको म्याद भित्र २०७३ साउन १६ गते सर्बोच्चमा अपिल गरेको बताए ।‘सर्बोच्च अदालतम बिचाराधिन मुद्धाको दण्ड जरिवाना सम्बन्धमा पत्र पठाईएको थाहा पाउदा आश्चर्यमा परेको छु,’उनले भने,‘यस्तो कसरी भयो । बुझने प्रयास गर्दै छु ।’उनले अदालतको फैसला अनुसार बिगो बापत ५ लाख ५५ हजार ८ सय असी रुपैया बराबरको जेथा राखेको जनाए । सर्बोच्चमा मु्द्धा बिचाराधिनकै अवस्थामा उनले प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah