बैतडी, १६ पुस । बैतडीमा एक महिला अधिकारकर्मीबाटै निर्घात कुटिएकी छिन् । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्लासचिव कान्ता चन्दको कुटाइबाट गुरुखोला–८ की २९ वर्षीया माधवी भट्ट गम्भीर घाइते भएकी छिन् ।

आजको नयाँ पत्रिकामा खबर छ– कुटपिटबाट भट्टको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । घाँटी र कम्मरमा लागेको चोटका कारण उनी हिँड्न नसक्ने अवस्थामा छिन् । उपचारका क्रममा उनको टाउकोमा पाँच टाका लगाइएको छ । घरायसी विवादका कारण बुधबार उनीहरूबीच झगडा भएको प्रहरी चौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए ।

बाख्रा बारीमा पसेको र पानीको धाराको विषयमा विवाद हुँदा महिला अधिकारकर्मी चन्दले छिमेकी भट्टमाथि कुटपिट गरेको पाइएको प्रहरी सहायक निरीक्षक भट्टले जानकारी दिए । ‘चन्दको बाख्रा भट्टको बारीमा पस्दा विवाद भएको र सार्वजनिक पानीको धाराको विषयमा पनि विवाद रहेछ,’ असइ भट्टले भने ।

कांग्रेस पूर्वमहासमिति सदस्यसमेत रहेकी महिला संघकी केन्द्रीय सदस्य चन्दले आफूमाथि गलत लान्छाना लगाउने गरेको र अश्लील गालीगलौज गरेकाले आक्रोशमा कुटपिट गरेको स्विकारिन् । ‘माधवीले गाली गरेपछि सहन सकिनँ,’ चन्दले नयाँ पत्रिकासँग भनिन्, ‘मेरो पनि हातमा चोट लागेको छ ।’ माधवी र अधिकारकर्मी चन्दको घर सँगसँगै छ । उनीहरूबीच घरायसी विवादका कारण वेलावेला ठूलै झगडा पर्ने गरेको असइ भट्टले बताए ।

घाइते माधवी न्याय माग्दै सदरमुकाम आएकी छिन् । उनले आफूमाथि अधिकारकर्मीबाटै अन्याय भएको भन्दै आवश्यक कारबाहीका लागि माग गरेकी छिन् । चन्दले यसअघि पनि आफूलाई विभिन्न समयमा दुःख दिने गरेको बताउँदै उनले भनिन्, ‘प्रहरीले मिलापत्र मात्रै गराउन खोज्छ, मेरो पक्षमा कोही बोल्दैन ।’ आवश्यक उपचारसमेत गरिनुपर्ने उनको माग छ । घटनाको छानबिन गरी न्यायको माग गर्दै माधवीले चन्दविरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । जिल्ला प्रहरी कर्यालयका अनुसार दुवै पक्षसँग घटनाबारे सोधपुछ भइरहेको छ ।

पीडित माधवकी आमा नन्दादेवी भट्टले महिलाका लागि वकालत गर्ने महिलाबाटै महिला हिंसा हुनु दुःखद भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाही हुनुपर्ने माग गरिन् । ‘महिला अधिकारकर्मीबाटै महिला हिंसा भएको छ,’ उनले भनिन्, ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah