विष्णुप्रसाद पोखरेल
दमक/पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक माओबादीबाट आउट हुदैछन् । जनयुद्ध शुरुवातदेखि पार्टीको मुख्य भूमिका एवं नाइकेको रुपमा रहेका उनि अब माओबादी शब्द नजोडिएको पार्टीका नेता हुन लागेकाहुन् ।

एमाले र माओबादी केन्द्र एक भएपछि नेपाल कम्यूनिष्ट पार्टी बनाउने सहमति भएसंगै उनी माओबादीबाट बाहिरने भएकाहुन् । नयाँ बन्ने पार्टीमा एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको समान हैसियत हुने बताईएको छ ।

दूइदिन अघिसम्म पार्टी एकतामा ठूलो दरार उत्पन्न भएकोजस्तो देखिएपनि एक्कासि बुधबारदेखि पार्टी एकताको बिषयमा नाटकीय परिवर्तन भएसंगै दूइ पार्टी एक हुने अन्तिम चरणमा पुगेको देखिन्छ ।

 नेपाली विकिपिडियामा प्रचण्डबारे लेखिएको छ-

२०२६ सालमा एसएलसी
२०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
२०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
२०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
२०३८ सालमा नेकपामा प्रवेश
२०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
२०४६ महामन्त्री नेकपा (मशाल)
२०४८ महामन्त्री नेकपा (एकता-केन्द्र)
२०५१ महामन्त्री नेकपा (माओवादी)
२०५७ अध्यक्ष, नेकपा (माओवादी)
२०६३ आम जनतासमक्ष सार्वजनिक

पुष्पकमल दाहाल (प्रचण्ड) नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२/६३को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन्। संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि नेपालको प्रधानमन्त्री बन्न पुगेका थिए। [१] २०७३ साल साउन १९ गते दोस्रो पटक पनि प्रधानमन्त्रीको पद सम्भालेका छन् । संविधान सभाको चुनावमा उनी एक्ला उम्मेदवार भए पनि संसद्को बहुमतको आधारमा प्रधानमन्त्री घोषणा गरिएको थियो ।

राजनैतिक यात्रा

पढाईमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनैतिक बीउ भने १० कक्षा पढ्दादेखि अङ्कुराउन थालेको हो। प्रचण्ड त्यो क्षण सम्झन्छन्, “पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो। त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो। मेरै घरनजीक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन्। उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए। उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन्।” त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो। चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो। त्यस हिसाबले उनको राजनैतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ।  भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए। ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे। उनको विश्लेषणमा, “लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो। मोहनविक्रम नै मेरा विरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah